News Portal

  • नेपालका क्यासिनो संचालक श्रेष्ठलाई भारतमा सम्मान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ माघ २०८०
    ४७० पटक
     भक्तपुर, २७ माघ २०८०

    काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                                                                        भारतको मुम्वईमा शुक्रबार सम्पन्न सातौं हस्पिट्यालिटी इण्डिया ट्राभल अवार्ड समारोहमा नेपालको क्यासिनो माजोङ्र्का अध्यक्ष श्रेष्ठलाई सो अवार्ड बाट सम्मानित गरिएको आयोजकले जनाएको हो ।

    भारतका सामाजिक न्याय तथा अधिकार मन्त्रालयका राज्य मन्त्री श्रीरामदास भारतीय लोकसभाका संासद आनन्द गण्पत सावन्त, सुनिल चोप्रा (पुर्व मेयर, लन्डन) लगायतको विशेष आतिथ्यतामा अवार्ड बितरण क्रार्यक्रम सम्पन्न भएको आयोजकको भनाइ छ ।

    कार्यक्रममा Hospitality India Coffee Table Book विमाेचन गरिएको थियो । पुस्तकले भारत तथा बिश्वका हस्पिटालिटी क्षेत्रलाई जोड्ने प्रकाशकको जिकिर छ ।  क्यासिनो माजोङ्गका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिनोद श्रेष्ठको अन्तर्वार्ता रहेको उक्त पुस्तकले अध्यक्ष श्रेष्ठले नेपालको पर्यटन र क्यासिनोको बिकासबारे बताएका छन् ।

    क्यासिनो माजोङ्गका प्रवन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन ब्यवसायमा आबद्द छन् । क्यासिनो, होटेल तथा रिजोर्टस्, ट्राभल एन्ड टुरिजम लगायतका ब्यवसायमा उनको लगानी रहेको छ।

    उनको नेतृत्वमा रहेको क्यासिनो माजोङ्गले नेपालमा बिदेशी पर्यटक बढाउन उल्लेखनीय भूमिका खेलिरहेको बताइन्छ ।भारतको नयाँ दिल्लीमा आयोजित हस्पिटालिटी अवार्ड बितरण समारोहमा माजोङ्गले यस अघि सन् २०१८ मा बेस्ट क्यासिनो इन नेपाल र २०१९, २०२२ र २०२३ मा लगातार ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को अवार्ड समेत पाइसकेको क्यासिनो ब्यवस्थापनले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...