News Portal

  • २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    २९४ पटक

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ ।

    आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल हायात प्लेसमा १६औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।

    कर्पोरेट मिडियाले यो वर्षको ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई प्रदान गरेको छ । पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका श्रेष्ठले आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।

    उनका अनुसार यो वर्ष चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ । प्रमुख अतिथि सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले अवार्ड प्रदान गरे ।

    सो अवसरमा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवाल, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रवल जंग पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीलाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ प्रदान गरिएको छ ।

    यस्तै, यो वर्षको ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ अन्तर्गत पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठलाई ‘बेष्ट इन्डष्ट्री अफ द इयर’, एनएमबि बैंकका सीईओ सुनिल केसीलाई ‘सीईओ अफ द इयर’, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स अफ द इयर’, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई ‘बेष्ट वमेन इन्टरप्रेनर अफ द इयर’ र नेपालकै पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुरूलाई ‘बेष्ट ब्रोडकास्टिङ मिडिया’ अवार्ड प्रदान गरिएको छ ।

    यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठलाई ‘बेष्ट डेभलपमेन्ट बैंक अफ द इयर’, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजय बहादुर शाहलाई ‘बेष्ट नन–लाइफ इन्स्योरेन्स अफ द इयर’, एनएमबि क्यापिटल लिमिटेडका सीईओ दीपेश कुमार वैद्यलाई ‘बेष्ट मर्चेन्ट बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ‘बेष्ट एयरलाइन्स अफ द इयर’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेलाई ‘बेष्ट नेपाल एलपी ग्यास इन्डष्ट्री एसोसिएशन’ र मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनालाई ‘बेष्ट फाइनान्स अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।

    यस्तै, रसाय तथा मेडिकल आपूर्ति संघका अध्यक्ष समेत रहेका सुदीप इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भक्त हमाललाई ‘बेष्ट मेडिकल सप्लायर्स’, गोल्यान ग्रुपका कार्यकारी निर्देशक अक्षय गोल्यानलाई ‘बेष्ट होटेल एण्ड टुरिजम’, तथा नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्रलाई ‘बेष्ट हस्पिटल अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । यसैगरी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईलाई ‘बेष्ट कन्सल्टेन्सी एसोसिएशन अफ नेपाल’, फर्निचर एण्ड फर्निसिङ एसोसिएशनका अध्यक्ष दिनेश अग्रवाललाई ‘बेष्ट फर्निचर अफ द इयर’ र ड्रमापर्फेक्ट स्किन लेजर एण्ड प्लास्टिक सर्जरी सेन्टर प्रालिकी डा. अर्पणा शाहलाई ‘एक्सिलेन्स इन लेजर टेक्नोलोजी’, अवार्ड प्रदान गरिएको छ ।

    डाबर नेपालका कन्ट्री हेड हरिकिरात सिंह वेदीलाई ‘मल्टी नेशनल इन्डष्ट्री अवार्ड, मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)का सञ्जय अग्रवाललाई ‘बेष्ट आईटी टेक्नोलोजी अफ द इयर’, मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका अध्यक्ष मोहनमान जोशीलाई ‘बेष्ट टेलर अफ द इयर’ र नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान सिंह प्रधानलाई ‘बेष्ट फिनटेक अफ द इयर अवार्ड प्रदान गरिएको छ । यसैगरी, हेल्दी च्वाइस एस्थेटिक हस्पिटलका सीईओ उदिप श्रेष्ठलाई ‘बेष्ट फेसन एण्ड ब्युटी इन्स्टिच्युसन अफ द इयर’, द ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र राज कँडेललाई ‘बेष्ट एजुकेशन सेक्टर अफ इयर’, आरओके प्रडक्ट इन्डष्ट्रीजका प्रबन्ध निर्देशक विष्णुहरि लामिछानेलाई ‘बेष्ट म्याट्रेस इन्डष्ट्री अफ द इयर र युथ थिंकर्स सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका चे एण्ड को प्रालिका प्रबन्ध निर्देशक चेवाङ राईलाई ‘बेष्ट योङ्ग अन्टरप्रेनर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।

    यस्तै, नेपालमा जलविद्युत् आयोजनाको निर्माणका साथै ऐन, कानुन, नीति निर्माणलगायत विद्युत् क्षेत्रको उन्नयनका लागि अनवरतरूपमा लागिरहेको तथा विद्युत् उत्पादनको क्षेत्रमा हाइड्रोलोजिकल पेनाल्टीको अमिल्दो व्यवस्था हटाएर चर्चामा आएका तथा कार्यक्रममा प्रमुख अतिथि विद्युत् नियमन आयोगकका अध्यक्ष सिंहलाई विशेष सम्मान प्रदान गरिएको छ । उनले रुग्ण जलविद्युत् आयोजनाहरूलाई तीन प्रतिशत व्याजदरमा पुनःकर्जाको व्यवस्था गरेको, विद्युत् विकासका लागि २०० प्रतिशतसम्म अग्राधिकार शेयर जारी गर्ने प्रबन्ध मिलाएकोलगायत योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको कर्पोरेट मिडियाकी बिजनेश डाइरेक्टर संगीता खत्रीले जानकारी दिइन् ।

    कार्यक्रममा कर्पोरेट मिडियाले अवार्ड छनोट समिति संयोजक भवानी राणा, सदस्यहरूः सुष्मा महरा, तेञ्जिङ शेर्पा, प्रेमलाल महर्जन, आकृति रायमाझी र करुणाकर मल्लिक तथा स्पोन्सरहरू नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल टेलिकम, एभरेष्ट बैंक, गोल्यान ग्रुप, मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, फेसियल हाउस र अवरान स्किन केयरलाई मायाको चिनो प्रदान ग¥यो ।

    कार्यक्रममा प्रमुख अतिथि सिंह, अवार्ड छनोट समितिको तर्फबाट संयोजक भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल र राजनीतिक विश्लेषक प्रकाशजंग रायमाझीले संक्षिप्त मन्तव्य व्यक्त गरे भने कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले स्वागत र उपाध्यक्ष सुष्मा महराले धन्यवाद मन्तव्य दिएका थिए ।

    कार्यक्रममा उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सबै वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्जीवन बीमा कम्पनीका सीईओहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी २०० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमले समग्र निजी क्षेत्रलाई उत्साहित गर्दै वर्तमान परिप्रेक्ष्यमा उद्योग व्यवसायको क्षेत्रमा नयाँ रक्तसञ्चार गर्ने विश्वास आयोजकले गरेको छ

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...