News Portal

  • मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    ५४४ पटक
    भक्तपुर, २१ फागुन २०८०

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको हो ।

    अस्पतालमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार (डि.के.) रौशन र लायन्स क्लवका तर्फबाट लायन्स क्लव अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ जी नेपाल गर्भनर दिपक कृष्ण प्रजापतिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार लायन्स क्लबले ब्लड बैंक स्थापनाका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराउने छ । १ लाख अमेरिकी डलर भनेको १ करोड ३२ लाख नेपाली रुपैया हो ।

    सो अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता अनुसार निर्वाचित भएदेखि नै जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको विकास लगायतका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिँदैं ब्लड बैंक स्थापना पनि त्यसैको निरन्तरता भएको बताएका छन ।

    सम्झौताले ब्लड बैंक स्थापनामा सहयोग पुग्ने र मध्यपुर थिमि नगरवासीलाई आवश्यक पर्दा रगतको अभाव नहुने उप प्रमुख बिजय कृष्ण श्रेष्ठले बिश्वास व्यक्त गरेका छन् । ब्लड बैंकबाट मध्यपुरले रक्त संचार सेवा मार्फत मानव सेवामा टेवा पुर्याउन सक्ने नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले बताएका छन् ।

    सम्झौता पत्र आदानप्रदानको अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं. ५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, लायन केपी अवाल, नगरपालिकाका महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको नगर प्रमुखका स्वकीय सचिव पवन श्रेष्ठले जनाएका छन् ।

    उक्त ब्लड बैंकको लागि भौतिक पुर्वाधार र आवश्यक कर्मचारीको खर्च भने नगरपालिकाले ब्यहोर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...