News Portal

  • आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ फागुन २०८०
    १२९२ पटक
    भक्तपुर, २२ फागुन २०८०

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र प्रसाद लिबिको घरमा भाडा लिई प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो ।

    बिहान करिब साढे ५ बजे करेन्ट शर्ट भइ आगलागी भएको बताइएको छ । आगलागी बाट सो मेडिकलमा रहेका औषधिजन्य सामान, र्‍याक, दराज, ग २० प ६२३१ नम्बरको बाईक, ग २२ प ७८४ नम्बरको स्कुटर जलि नष्ट भएको देखिएको छ । लाखौंको समान नस्ट भएको तर कुनै मानवीय क्षती नभएको प्रहरीको भनाइ छ । यकीन मूल्यांकन भने भैरहेको छ ।

    जुद्ध बारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका छन् । करिब पौने घण्टामा आगो पूर्ण नियन्त्रणमा आएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...