News Portal

  • चाँगुनारायणको शहर दुवाकोट : मेयर खत्री

    आकाश गजुरेल चाँगुनारायण, २९ फागुन २०८०
    ६६४ पटक
    चाँगुनारायण, २९ फागुन २०८०

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ ।

    सोमबार दुवाकोटमोडस्थित मित्रश्री पाठशालाको अभिभावक दिवसलाई सम्बोधन गर्दै मेयर खत्रीले दुवाकोट स्वास्थ्य र शिक्षाको हब हुने समेत बताए । वीर अस्पताल दुवाकोटमै बन्ने बताउदै उनले दुवाकोटको शहरीकरणलाई थप व्यवस्थित बनाइने बताए । निर्धारित समयमा बन्न नसकेर धुलाम्मे भएको दुवाकोट सडक केही सातामै कालोपत्रे हुने ठोकुवा गर्दै उनले वीर अस्पताल पुग्ने करिडोरको  बाटो पनि नमूना योग्यगरी बनाइने बताए । दुवाकोटबाट अरु वडाले पनि सिक्नेगरी नमूनायोग्य बनाइने उनले दावी गरेका छन्

    शिक्षाको लागि बच्चालाई टाढाको विद्यालय पठाउन पर्ने अवस्था नरहेको जिकिर गर्दै मेयर खत्रीले नगरका सामुदायिक र सस्थागत विद्यालयले महानगरका विद्यालयसंग प्रतिस्पर्धा गरिरहेका विश्वास व्यक्त गरे । विद्यालयले शिक्षा, दीक्षा र अतिरिक्त क्रियाकलापमा कुनै कन्जुस्याई नगर्न पनि उनले निर्देशन दिएका छन् । शिक्षालाई बैज्ञानिक, व्यवहारिक र बालमैत्री बनाइनुपर्नेमा उनको जोड रहेको छ ।

    उक्त अवसरमा मेयर खत्रीले बालबालिकामा सकारात्मक भावनाको बिकास गर्न अभिभावकको भूमिका माथि पनि प्रकाश पारेका छन् । अभिभावक सकारात्मक भए बालबालिकामा पनि त्यस्तै सोच बिकास हुने उनले बताए । सबैको भलो होस् भन्ने सामाजिक भावना, नैतिकताले भरिपूर्ण र राष्ट्रवादी नागरिक बनाउन परिवार, विद्यालय र सरकारले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै मेयर खत्रीले स्थानीय सरकार शिक्षा र बालबालिकाको सर्वाङ्गिण बिकासमा प्रतिवद्ध रहेको प्रष्ट पारे ।

    कार्यक्रममा उनले विद्यालयका बिभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु त्यसैगरी अभिभावक र शिक्षकहरुलाई समेत सम्मानित गरेका थिए ।

    उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले मित्रश्रीले विद्यार्थीलाई पढाइका साथसाथै सामाजिक कार्यमा समेत सरिक गराउदै आएको स्मरण गरे । वडामा रहेका सबै विद्यालयलाई थप व्यवस्थित बनाइने उनले बताए । छात्रवृत्ति पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने अवस्था आफ्नो वडामा नहुने समेत उनको भनाइ छ ।

    वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक दिपक बिष्टले विद्यालयको विगत स्मरण गर्दै वर्तमानका शैक्षिक उपलब्धिबारे बताए भने भावी योजना पनि सार्वजनिक गरेका छन् । दुवाकोट मोडमै रहेर मित्रश्रीले शिक्षाको उज्यालो छरिरहेको र आफ्नो बेग्लै पहिचान बनाएको उनले बताए । पर्याप्त भौतिक पूर्वाधार र विषय विज्ञ शिक्षकको साथमा मित्रश्री पाठशालाले गुणस्तरीय शिक्षा दिन सफल भएको उनको दावी छ ।

    विद्यालयका संचालक एवं व्यवस्थापक नविन बुढाथोकीले संचालन गरेको कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरु, पूर्व वडाध्यक्ष शिवहरि न्यौपाने, समाजसेवी हिक्मत सिंह नेपाली, चाँगुनारायण नगर प्याब्सनका अध्यक्ष एवं नर्थ इस्टका संचालक राममणी न्यौपाने , प्रज्ञा स्कूलमा प्रिन्सिपल टंकप्रसाद सिटौला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, सचिव संजीप शुभचिन्तक त्यसैगरी पत्रकार ऋषिकेश श्रेष्ठ र सिर्जना खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

    समारोहको दोश्रो सत्रमा विद्यालयका विद्यार्थीहरुले गायन, नृत्य लगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए । हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

    https://fb.watch/qLCsh5yA86/

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...