News Portal

  • मन्त्री दुलालको नेतृत्वमा बालकाेट बिरुवा सडक अनुगमन

    मदन ढुंगाना भक्तपुर, २ चैत २०८०
    ८५८ पटक
    भक्तपुर, २ चैत २०८०

    बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।

    अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै भक्तपुरको अधुरा विकास निर्माणका कार्यहरुले पनि आफ्नै कार्यकालमा पूर्णता पाउने बताए । उनले बालकाेट बिरुवा सडककाे निर्माण कार्यमा कुनै कमजोरी नगर्न पूर्वाधार बिकास कार्यालय र सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिंदै ठेक्का सम्झौता बमोजिम गुणस्तरीय निर्माण कार्य हुनुपर्नेमा जोड दिए ।

    अनुगमनमा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले निर्माण कार्य सम्पन्न हुनेक्रममा रहेको पाउँदा सन्तोष व्यक्त गरे । सडक निर्माणले यस क्षेत्रमा सुविधा बिस्तार मात्र नभई पर्यटन प्रवर्द्धन र कृषी उत्पादनको बजारीकरणमा समेत मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएलगत्तै ढकालले भक्तपुर आस्पतालमा सिटि स्क्यान मेसिन खरिदका लागि ८ करोड, चाँगुनारायण फास्ट ट्रयाकको लागि बहुबर्षीय योजना २० करोड, कौशलटार बिरुवा सडकको लागि १२ करोड लगायतका थुप्रै योजनामा पहलकदमी लिएका छन् ।

    अनुगमनका क्रममा सो क्षेत्रका पूर्व संघीय सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले बागमती प्रदेश सरकारले बिकासनिर्माणमा लिएको पहलको प्रशंसा गरे । देश प्रादेशिक संरचनामा गएपछि बिकासनिर्माणमा तीब्रता आएको र जनताले संघीयताको स्वाद पाएका उनको भनाइ छ । भक्तपुरको बिकास र सम्बृद्धिका लागि आफू सदैव लागिपरेको जानकारी गराउदै उनले राजनीतिमा प्रतिस्पर्धा भएपनि बिकासमा एकता हुनुपर्नेमा जोड दिए । नयाँ सत्ता गठबन्धन बनेसंगै नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई स्वागत गर्न नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत आफैं उपस्थित थिए ।

    अनुगमनमा बागमती प्रदेश सभा सदस्य किरण थापा, भावना श्रेष्ठ र सकुन्तला थापाको समेत उपस्थिति रहेको थियोे । प्रदेश सभा सदस्य भन्न गर्व लाग्ने गरी प्रदेश सरकारले काम गरिरहेको प्रति उनीहरुले सन्तोष व्यक्त गरेका छन् । बिकास निर्माणको अनुगमनमा मन्त्री दुलाल र मुख्यमन्त्रीका प्रमुख सल्लाहकार ढकालले देखाएको चासोले निर्माण गुणस्तरीय हुने उनीहरुले बिश्वास व्यक्त गरे ।

    उक्त अवसरमा वडा अध्यक्ष सानुकाजी कायस्थ, स्थानीय नेता रुपेश कायस्थ, दामोदर थापा, राजन थापा, सुदर्शन बुढाथोकी लगायतले सडक निर्माणको अवस्थाबारे अवगत गराएका थिए भने निर्माण कम्पनीका संचालक रामेश्वर थापाले सोबारे बिस्तृत जानकारी गराएका थिए ।

    थापाले हालसम्म ८० प्रतिशत कार्य सम्पन्न भैसकेको र बाँकी कार्य समय भित्रै सकिने समेत जानकारी गराए । सम्झौता बमोजिम गुणस्तरीय निर्माण कार्य भैरहेको उनको भनाइ छ ।

    उक्त सडक स्तरोन्नतीका लागि बागमती प्रदेश सरकारले १२ करोडको बहुबर्षिय योजना स्वीकृत गरेको थियो । आयोजनाको ठेक्का भइ निर्माण कम्पनी भण्डारी अमरज्योतीले ९ करोड १६ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गर्दै आइरहेको पुर्वाधार बिकास कार्यालय काभ्रेका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिएका छन् ।

    गतवर्षको बहुवर्षे ठेक्का अनुसार सडक विस्तार, स्तरोन्नती र कालोपत्रेका साथै ढल तथा फुटपाथको पनि काम भैरहेको पुर्वाधार बिकास कार्यालय काभ्रेका कार्यालय प्रमुख राजु श्रेष्ठले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...