News Portal

  • भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ चैैत २०८०
    ४३१ पटक
    भक्तपुर, ९ चैैत २०८०

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो ।

    शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजक समितिका संयोजक दीपक थापाले बताएका छन् ।

    महोत्सव चैत २२ गतेदेखि नयाँ वर्षको २ गते सम्मगरी ११ दिन संचालन हुने बताइएको छ । मेला सकिएपछि ३ गते भने ख्यातिप्राप्त कलाकारहरुको सहभागितामा विशेष मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समेत संयोजक थापाले जानकारी गराए ।

    महोत्सवमा २ सय भन्दा बढी स्टल रहने र सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न,लत्ताकपडाहरुका साथै कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, ब्यापार र पर्यटन प्रवर्द्धन गर्ने स्टलहरु रहने संयोजक थापाले जनाएका छन् ।

    स्टलमा बिक्री हुने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको समेत बताइएको छ ।

    महोत्सव करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने र स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जनाएका छन् । भक्तपुर ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भएको र मेलाले यसको प्रचारप्रसारमा समेत सहयोग हुने महतले बिश्वास व्यक्त गरे ।

    मनोरञ्जनका लागि महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत संगीतको विशेष सांगीतिक प्रस्तुती रहने मध्यपुर ब्वाइज बैण्डका अध्यक्ष एवं मेलाका निर्देशक सुनिल बज्राचार्यले बताएका छन् । त्यसैगरी बाल उद्यानमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउँ तथा बच्चाको खेलौना, कोलम्बस, जादु लगायतको आकर्षक व्यवस्था गरिएको बज्राचार्यले बताए ।

    मेला विशुद्ध ब्यापारिक उदेश्यले मात्र नभई सेवाको उदेश्यले संचालन गर्न लागिएको आयोजकको भनाइ छ । मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु छुट मूल्यमा उपलब्ध गराईनुका साथै ब्यापार, पर्यटन, मनोरञ्जन र सामाजिक सेवाका बिबिध कार्यक्रम गरिने बताइएको छ ।

    मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...