News Portal

  • पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ चैैत २०८०
    १२५१ पटक
    भक्तपुर, १३ चैैत २०८०

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटै पटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो ।

    मंगलवार बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै पटके बाटो इजाजत पत्रको शुभारम्भ भएको घोषणा गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा अनलाइन पटके बाटो इजाजत पत्र भुक्तानी प्रणालीको उद्घाटन गर्दै मन्त्री लम्सालले सो सेवा शुरु भएको घोषणा गरेका हुन् ।

    उक्त अवसरमा मन्त्री लम्सालले घरमै बसेर सेवाग्राहीले अस्थायी पटके बाटो इजाजतका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको बताए । कार्यालयमा नगई अनलाइनमै इजाजत पत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सुबिधा हुने उनले बिश्वास व्यक्त गरेका छन् ।

    ”विशेषगरी रातिको समयमा पटके इजाजतको सेवा लिने र दिने बीच मानवीय दृष्टीले पनि सहज नहुन सक्छ, यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो भएको छ ।” उनले भने । पेपरलेस कार्यालयको अवधारणा लाई पनि यसले टेवा पुर्याउने उनको दावी छ ।

    यातायात व्यवस्था कार्यालयलाई सेवाग्राही मैत्री, पारदर्शी र व्यवस्थित बनाउन अनलाइनबाट बाटो इजाजतपत्र लिनेदिने व्यवस्था गरिएको जिकिर गर्दै मन्त्री लम्सालले आफूहरुले यसका लागि महिनौ गृहकार्य गरेको जानकारी गराएका छन् । ”यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालासँग पटक पटकको छलफल पछि पटके इजाजतलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन प्रणाली शुरु गरिएको हो ।” मन्त्री लम्सालले भने ।

    सो अवसरमा पहिलो सेवाग्राहीलाई अनलाइनबाट पटके उपलब्ध गराउदै अब पटके लिन कार्यालय आउनु नपर्ने जानकारी गराइएको थियो ।

    श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको आयोजना एवं मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न अनलाइन पटके इजाजत पत्र शुभारम्भ कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा कम भीड हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरिन । त्यसैगरी उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेलले कर तिर्नु जनताको कर्तब्य भएको र सहज ढंगले तिर्न पाउने जनताको अधिकार भएको भन्दै ट्राफिक प्रहरीले जनतालाई दुख दिने नियतले नभई सेवाकै उदेश्यले चेक जाँच गर्नेगरेको जानकारी गराए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, यातायात व्यवस्था कार्यालयका प्रमुखहरु डण्ड बस्नेत, नेत्र भट्टराई, बिमल भट्टराई, शिवप्रसाद निरौला त्यसैगरी यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...