News Portal

  • मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, १३ चैैत २०८०
    ६६१ पटक
    मध्यपुर थिमि, १३ चैैत २०८०

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ । चैत्र २६ गते सोमवार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको हो ।

    आयोजकले मंगलवार बोडेमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएका छन् । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको संयोजनमा धिमे बाजा प्रतियोगिता हुने आयोजक समितिको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिए ।

    उक्त प्रतियोगितामा ४० बढी समूह प्रतिस्पर्धामा उत्रिने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा नगर भित्रका मात्र नभई उपत्यकाभरीबाट सहभागिताका लागि आह्वान गरिएको छ ।प्रतियोगितामा भाग लिने टोलीले चैत्र २४ गतेसम्म आवेदन दिईसक्नुपर्ने व्यवस्था गरिएको छ भने त्यसका लागि रु १ हजार दर्ता दस्तुर बुझाउनुपर्ने बताइएको छ ।

    प्रतियोगितामा प्रथम हुने टोलीले शिल्ड तथा प्रमाणपत्र संगै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक प्रजापतिले जनाएका छन् । त्यस्तै, दोस्रो, तेस्रो र सान्त्वनाका लागि क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ दिइने संयोजक प्रजापतिले जानकारी दिए । ७ विधामा बिज्ञ सम्मिलित निर्णायक मण्डलले गर्ने निर्णय नै अन्तिम निर्णय हुने प्रजापतिले प्रष्ट पारेका छन् ।

    सांस्कृतिक मेलामा धिमे बाजाको मधुर धुनले मध्यपुर थिमीको ऐतिहासिकताको झल्को दिने आयोजकको बिश्वास छ । त्यसका अलावा मेलामा मध्यपुरको रैथाने उत्पादनहरु तथा मौलिक खानेकुराको २५ वटा स्टल रहने आयोजकको भनाइ छ । त्यसको संयोजनको जिम्मा भने भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर घरेलु तथा साना उद्योग संघ र मध्यपुर पर्यटन बिकास समितिले पाएका छन् । सस्कृती मेलामा मिनी फुड फेस्टिवल गर्ने तयारी गरेको बताएका छन ।मध्यपुर थिमिका स्थानीय उद्योगबाट प्रत्यक्ष उत्पादन र बिक्रिको व्यवस्था गरी नयाँ पुस्तालाई त्यसबारे जानाकारी गराइने भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले जनाएका छन् भने स्थानीय परिकार पस्कने तयारी बारे चेम्बर अफ कमर्सका अध्यक्ष कविराज श्रेष्ठले प्रष्ट पारेका छन् । पत्रकार सम्मेलनको संचालन भने मध्यपुर पर्यटन बिकास समितिका अध्यक्ष रमेश प्रजापतिले गरेका थिए ।

    त्यसैगरी उक्त अवसरमा मध्यपुरको ऐतिहासिक र पुरातात्विक महत्व प्रष्ट पार्ने फोटो प्रदर्शनीको समेत आयोजना गर्ने आयोजकले जनाएको छ । यसको संयोजन चन्द्र चक्रधरले गर्ने जानकारी गराइएको छ ।

    स्थानीय धिमे गुठीका थकाली, जिब्रो छेड्ने व्यक्ति लगायतलाई सम्मान समेत गरिने मेलाको सम्पूर्ण खर्च आयोजक मध्यपुर थिमि नगरपालिकाले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मेलाले संस्कृती संरक्षण र प्रवर्द्धनका अतिरिक्त नगरको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको प्रेस संयोजक एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...