News Portal

  • आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ चैैत २०८०
    ४२९ पटक
    भक्तपुर, १५ चैैत २०८०

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भईरहेको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो ।

    भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी एसईई परीक्षामा सामेल भएका शिक्षा बिकास तथा समन्वय इकाईका सूचना अधिकारी ध्रुबप्रसाद कोइरालाले जनाएका छन् । २ हजार ८ सय ९२ जना छात्रा र ३ हजार १ सय ८३ छात्र परीक्षामा सामेल भएका कोइरालाको भनाइ छ । परीक्षाका लागि २४ परीक्षा केन्द्र कायम गरिएको उनले जानकारी गराएका छन् ।

    परीक्षामा १ सय ३ परीक्षार्थी प्राविधिक धारका छन् भने ६ जना अघिल्लो वर्षको परीक्षाफलको ग्रेड वृद्धि गर्न परीक्षामा सामेल भएका सूचना अधिकारी ध्रुब कोइरालाले बताए ।

    परीक्षा केन्द्र पुग्ने क्रममा परीक्षार्थीलाई वर्षाले अवरोध गरेको छ । छाता नलिएरै घरबाट निस्किएका परीक्षार्थीहरु पानीमा भिज्दै परीक्षा केन्द्र पुगेका दृश्य देखिएको छ । कतिपय विद्यार्थी साथीको छातामा ओत लागेपनि कतिपय पानीमा रुझ्दै परीक्षा केन्द्र पुगेका छन् ।

    बेमौसमी वर्षाले परीक्षार्थीलाई दु:ख दिएको छ । पहिलो दिनमै पानीले रुझाएर परीक्षा केन्द्र पुगेका विद्यार्थी बिरामी हुने जोखिम बढेको देखिन्छ । यसले अभिभावक र विद्यालयलाई चिन्तित बनाएको छ । भक्तपुर अस्पतालकी कार्यकारी निर्देशक समेत रहेकी डा सुमित्रा गौतमले विद्यार्थीलाई चिसोबाट बच्न सुझाव दिएकी छन् ।

    शिक्षा बिकास तथा समन्वय इकाईकी प्रमुख कमला ज्ञवालीले परीक्षा मर्यादीत ढंगले सम्पन्न हुने बताएकी छन् । परीक्षाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा सरोकारवाला सम्मिलित टोली खटिएको बताइएको छ ।

    देशभर १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी परीक्षामा सहभागी भैरहेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जनाएका छन् । उनका अनुसार जापानको टोकियोमा पनि १ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...