News Portal

  • थिमि चारदोबाटोको आकासे पुल अलपत्र परेपछि काँग्रेस निकट युवा विद्यार्थी आन्दोलित

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २० चैैत २०८०
    ६६६ पटक
    मध्यपुर थिमि, २० चैैत २०८०

    नेपाली कांग्रेस निकट भक्तपुरका युवा तथा विद्यार्थीहरुले मध्यपुर थिमिस्थित चार दोबाटोमा बिरोध प्रदर्शन गरेका छन् । चारदोबाटो स्थित ६ लेन सडकमा आकासे पुल अलपत्र परेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

    मंगलवार बिहान नेविसंघ र तरुण दलका कार्यकर्ता भेला भै चारदोबाटोमा बिरोध प्रदर्शन गरेका स्थानीय कांग्रेस नेता उमेश कायस्थले बताए । प्रदर्शनकारीहरुले सडक छेउमा उभिएर प्ले कार्ड र नाराबाजी गर्दै वर्षौ अघि निर्माण शुरु भएर आकासे पुल बन्न नसकेकोमा आक्रोश प्रकट गरेका छन् ।

    नेविसंघका नेता बद्री थापाले काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र सम्बद्ध पक्षलाई चार दोबाटोमै कालोमोसो दल्ने चेतावनी दिएका छन् भने तरुण दलका नेता राजु थापाले आफूहरुको प्रदर्शन सम्बन्धित निकायलाई सचेत ध्यानाकर्षण भएको र अझ बेवास्ता गरे ससक्त आन्दोलन गरिने बताए ।

    आन्दोलनको समन्वय गरेका युवा नेता एवं सांसद दुर्लभ थापाका स्वकीय सचिव सुभाशिष ढकालले चार दोबाटोमा सडक दुर्घटनाबाट ४ जनाले ज्यान गुमाएका र दर्जनौ पैदल यात्रु दुर्घटनामा परेका जानकारी गराउदै आकासे पुल निर्माण सम्पन्न नगर्नु जनता माथिको अपराध भएको आरोप लगाए ।

    निर्माण व्यवसायी राम शरण देउजाको निर्माण कम्पनीले उक्त आकासे पुलको निर्माण ठेक्का लिएको भएपनि वर्षौदेखि एक किनारको खम्बा मात्र तयार भएको छ ।

    कोटेश्वर-सूर्यविनायक-धुलिखेल सडक बिस्तार आयोजनाका प्रमुख राजेन्द्रप्रसाद दासले भने उक्त विषयमा आफूले पहल गरिरहेको प्रतिक्रिया दिएका छन् । सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरिएको र उक्त आकासे पुल शिघ्र निर्माण सम्पन्न गरिने उनले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...