News Portal

  • भक्तपुर नगरमा वाइसिएलको ३५ सदस्यीय नयाँ कार्यसमिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ चैैत २०८०
    ९४४ पटक
    भक्तपुर, २४ चैैत २०८०

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसिएल,नेपाल)ले भक्तपुर नगरमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भक्तपुर बैङ्क्वेटमा सम्पन्न दोश्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।

    नगर सम्मेलनले बिकास लाखेको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको वाइसिएलको भक्तपुर इन्चार्ज नरेश रन्जितले बताएका छन् । सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनको भनाइ छ ।

    नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अर्जुन कोजु, सचिवमा सागर बनमाला, सह सचिवमा सपना कबु र कोषाध्यक्षमा शशिप्रसाद फैजु रहेका जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन् । नवनिर्वाचित कार्यसमितिले पदाधिकारी चयन गरेको उनले बताए ।

    उनीहरुलाई वाइसिएलका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाइसिएल केन्द्रीय सचिव गोमा आले र प्रदेश इञ्चार्ज ललित श्रेष्ठको उपस्थितिमा वाइसिएलका केन्द्रीय सचिव दिनेशप्रसाद थपलिया आक्रोशले पद तथा गोपनियताको शपथ ग्रहण गराएका जिल्ला सचिव सुरेन्द्र सुवालले जानकारी गराएका छन । उक्त अवसरमा वाइसिएलका केन्द्रीय सदस्यहरु राजु कुटु, बेद खरेल लगायतको पनि उपस्थिति रहेको थियो ।

    नयाँ कार्यसमितिलाई बधाई र दिशानिर्देशका लागि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, बागमती प्रदेश सांसद समेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहेका केन्द्रीय सदस्य  डिपी ढकाल, संविधान सभा सदस्य एवं केन्द्रीय सदस्य उमा कपाली र जिल्ला संयोजक सुनिल बासु लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

    सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी पार्टीमात्र नभई आन्दोलन भएको उल्लेख गर्दै आफ्नो वर्गलाई बिर्सदा खुम्चनु परेको बताए । जनयुद्धको जस्तै त्याग र समर्पण कायम गरी माओवादी आन्दोलनलाई समाजवादको दिशामा लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

    युवाहरुमा बैज्ञानिक सोचको बिकास नभई समाज सम्बृद्ध नहुने बताउदै पूर्व सभामुख समेत रहेका उपाध्यक्ष सापकोटाले युवाहरुले पार्टी, समाज र राष्ट्रलाई जीवन्त बनाउनुपर्नेमा बताए । पूजीवाद्का कारण युवा विदेश पलायन भैरहेका दावी गर्दै उनले साच्चिकै गरिबीका कारण बिदेशिनु पर्ने अवस्थामा रहेका युवालाई प्राथमिकता दिएर रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

    उक्त अवसरमा पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले युवाहरु अरुको लहैलहैमा नलागी बस्तुस्थिति बुझ्नुपर्ने बताए । सामाजवाद माओवादी केन्द्रको लक्ष्य भएको भन्दै उनले त्यसका लागि युवा शक्ति एकजुट बन्नुपर्ने बताए ।

    आफू वाइसिएलको संस्थापक महासचिव समेत भएको स्मरण गर्दै उनले मृत्य र मुक्तिको कसम खाएर अघि बढेको वाइसिएलसंग असम्भव भन्ने शब्द नभएको उल्लेख गरे । हिजोका दिनमा राजतन्त्रको अन्त्य असम्भव देख्नेहरुले अहिले समाजवाद असम्भव देखिरहेका बताउदै उनले समाजवाद लाई सम्भव नबनाई जनताको मुक्ति नहुने जिकिर गरे ।

    त्यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले भक्तपुरमा माओवादी केन्द्र कमजोर नरहेको बताए । उपत्यकामै पार्टीले भक्तपुरको मध्यपुर थिमिमा मात्र उपमेयर जितेको चर्चा गर्दै उनले हतोत्सायी हुनु नपर्ने प्रष्ट पारे । जनतालाई बुझाउन नसक्दा सोचेजस्तो जनाधार नपाएको स्वीकार गर्दै नेता ढकालले करोडका मात्र योजना गणना गर्दा १ सय १७ करोडका योजना भक्तपुरमा यो वर्ष कार्यान्वयन भैरहेका जानकारी गराउदै माओवादी केन्द्रको सरकारले भक्तपुरको इतिहासमै सर्वाधिक बजेट बिनियोजन गरिदिएको दावी गरे ।

    भक्तपुरको प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न मुहानपोखरी खानेपानी आयोजनाको लागि साढे २ अर्व बजेट अब आउने बजेटमा बिनियोजन गर्न खोजिएको खुलासा गर्दै उनले भक्तपुरको लागि माओवादी केन्द्रले गरेका काम थाहा नपाउदा भक्तपुरबासीले पार्टीप्रति न्याय गर्न नसकेका बिचार व्यक्त गरे ।

    राज ह्यांगायोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रोशन बासुकलाले गरेका थिए । उक्त अवसरमा वाइसिएलका केन्द्रीय इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले युवाहरुलाई दिशानिर्देश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...