News Portal

  • समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० बैशाख २०८१
    ४२५ पटक
    भक्तपुर, १० बैशाख २०८१

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित प्रकोपबाट बच्न आवश्यक उपायबारे अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराइएको हो ।

    वडा नम्बर १ देखि ६ सम्म सो कार्यक्रम सम्पन्न गरिसकिएको चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले जानकारी दिएका छन् । वडास्तरीय विपद व्यवस्थापन समितिको समन्वयमा बैशाख ४ बाट शुरु सो कार्यक्रम बुधवार सम्ममा सबै वडामा सम्पन्न हुने उनको भनाइ छ ।

    कार्यक्रममा समुदायस्तरमा आगलागी सुरक्षा सम्बन्धि जनचेतना जागृत गर्ने काम भएको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले प्रष्ट पारेका छन् ।

    कार्यक्रममा गृहिणीहरु सहभागी भएका र घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर चुहावट भै हुनसक्ने आगलागी रोक्ने तरिका सिकेका वडा नम्बर १ का वडाध्यक्ष सोम प्रधानले बताएका छन् । वडा नं ४ का वडाअध्यक्ष रोज बहादुर तामाङले सुख्खा मौसममा दिनानुदिन बढिरहेको आगलागीका घटना नियन्त्रणमा समुदायको भूमिका हुने भन्दै अभिमुखीकरण लाभदायी रहेको बिश्वास व्यक्त गरे ।

    स्थानीयलाई अभिमुखिकरण तथा अभ्यास प्रदर्शनमा सहभागी गराइएको र आगलागी भएको अवस्थामा स्थानीय साधन श्रोतको प्रयोग गरी आगलागी नियन्त्रण गर्ने उपायका बारेमा अवगत गराइएको नगर प्रमुख जीवन खत्रीले जनाएका छन् । अभ्यास गराइएको कारण स्थानीयमा आत्मबल मिलेको उनले बताए । यसले समुदायमै अग्नि नियन्त्रक उत्पादन हुने प्रमुख खत्रीले बिश्वास व्यक्त गरेका छन्

    राजकुमार लम्साल, सञ्जय अवाल र अनुप मल्लले सहजिकरण तथा अभ्यास गराउने उक्त कार्यक्रमका लागि आर्थिक सहयोग भने सामाजिक संस्थाहरु आइसेट नेपाल तथा डिसिए नेपालको रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...