News Portal

  • वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    डा रवि महतकाठमाडौ, ३० बैशाख २०८१
    ३३४ पटक
    काठमाडौ, ३० बैशाख २०८१

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका
    कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको  उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय
    अस्पतालहरूमा  श्वासप्रश्वासका बिरामीहरूको चाप  बढेको अनुभव भएको छ ।

    हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ १ मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११ सय लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले  विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा
    प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ ।

     वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन २ किसिमका हुन्छन् ।

    तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने , घाँटी खसखस गर्ने,  खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् ।  प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।

    दीर्घकालीन असरमा प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो  श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्नसक्छ। प्रदूषणबाट हुने दीर्घकालीन समस्या मध्ये प्रमुख रोग दम  नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात, मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्याहरू पनि देखिन सक्छ। वायु प्रदूषण बालबालिका र गर्भवती
    महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र
    बालबालिकाले ध्यान दिनुपर्दछ ।  शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ ।

    यसबाट कसरी जोगिने ?
    व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५% सम्म कणहरूलाई छेक्न सक्दछ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्मकणहरू बाट भने यसले बचाउन सक्दैन ।

    ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइठा मट्टीतेलको चुलो आदि
    खाना पकाउने इन्धन हो  र त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसंचारको व्यवस्था मिलाउने,  स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो । वनजङ्गल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजङ्गलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन को अवलम्बन गर्न आवश्यक छ ।

    (डा रवि महतग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन ।)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...