News Portal

  • बालकोटबाट नेता फरार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०८१
    ४२९ पटक
     भक्तपुर, ३ जेठ २०८१

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि उनी फरार भएका हुन्।

    उनी भक्तपुरको सूर्यविनायक-२ बालकोट बस्दै आएका थिए भने मध्यपुर थिमीको गठ्ठाघरमा निर्माण कम्पनी खडा गरी ठेक्कापट्टा व्यवसायमा समेत सक्रिय रहेका थिए ।

    प्रहरी वृत्त दरबारमार्गमा युवतीले जबरजस्ती करणीको जाहेरी दिएकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जबरजस्ती करणीको जाहेरी परेको र अभियुक्त हाल फरार रहेका पुष्टि गरेका छन् ।

    ‘एक जना युवतीले जबरजस्ती करणी गरेको जाहेरी दिनुभएपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नुभएको छैन।’ एसएसपी रजौरेले भने ।

    जिल्लास्तरीय राजनीतिमा संलग्न अभियुक्त ठेक्कापट्टाका साथै मिटरब्याजको कारोबारमा समेत संलग्न व्यक्ति रहेका बताइएको छ ।

    (अनुसन्धान नभई सकेकाले अभियुक्तको नाम गोप्य राखिएको छ ।)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...