News Portal

  • भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ जेठ २०८१
    २१६ पटक
    भक्तपुर, ६ जेठ २०८१

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,
    दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार ग्रहण गरेका थियौं । हामीले पार्टी घोषणापत्रमार्फत जनताबीच गरेका प्रतिबद्धताहरु एक एक गरी पूरा गर्दैछौं । काम गर्ने सिलसिलामा हाम्रा कामहरुलाई सुक्ष्म रुपमा अध्ययन गरी स—साना कमजोरीहरुलाई समेत औंल्याएर सुधार्ने अवसर दिइ सहयोग गर्ने सचेत नागरिकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

    आज हामी अत्यन्त खुशी छौं । नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) ज्यूले ख्वप तिलगंगा आँखा अस्पतालको नयाँ कार्यालयको आज उद्घाटन गर्नुभयो । आजै नवनिर्मित टेबुलटेनिस कभर्ड हल नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य माननीय प्रेम सुवालले उद्घाटन गर्नुभयो । हामी यो तेस्रो कार्यक्रममा छौं । हामी जनप्रतिनिधिको तेस्रो वर्षको यो सुखद् सुरुआत हो ।
    भक्तपुर कला संस्कृति संरक्षित नगर, जीवित संग्रहालयको रुपमा परिचित नगर हो । भक्तपुरलाई अझ व्यवस्थित रुपमा अगाडि बढाउन हामी जनप्रतिनिधिहरु निरन्तर प्रयासरत छौं । त्यस क्रममा हामीले निकै चुनौतीहरुको पनि सामना गर्दैछौं ।
    नेपालको संविधान घोषणा भएको ८ वर्ष बित्यो । यस अवधिमा संघ, प्रदेश र स्थानीय तहको दुई दुई पटक निर्वाचन सम्पन्न भयो तर अझै देशमा संघीयताको राम्रो कार्यान्वयन हुनसकेको छैन ।

    नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहहरु आआफ्नो अधिकार भित्र रही कार्य गर्न स्वायत्त छन् । तर संघ र प्रदेश सरकारहरुले स्थानीय तहलाई आफ्नो मातहतको एकाइ झैं व्यवहार गर्न भने छाडेका छैनन् । यो संघीयता र नेपालको संविधानको भावना विपरीत हो ।

    संघ र प्रदेश सभा कानुन निर्माण गर्ने थलो हुन् । तर कानुन निर्माणमाभन्दा शासक दलहरु ससाना २—४ लाखको विकास निर्माणमा ध्यान दिंदै छन् । रु. ५ करोडसम्म स्थानीय तहले, ५ देखि २५ करोडसम्म प्रदेश सरकारले र त्यसभन्दा ठूलो योजना मात्रै संघ सरकारले हेर्ने कानुनी बन्दोबस्त भए कामको दोहोरोपन हट्ने र राज्यको खर्च भार कम हुने छ ।

    स्थानीय तहहरुले संघ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्ने माग गरिरहेको बेला उल्टै सशर्त अनुदान बढाई संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोज्दैछन् । जनसंख्या र क्षेत्रफलको आधारमा स्थानीय तहलाई वित्त आयोगको सिफारिसमा अनुदान प्रदान गर्ने संवैधानिक व्यवस्था छ । तर चालु आ.व. २०८०।८१ को बजेटमा बागमती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नै पठाएन । फरक विचार राख्ने पालिकाहरुलाई सहयोग नगर्ने बागमती प्रदेश सरकारको नीति आपत्तिजनक छ । कुनै पनि सरकारलाई संविधानविपरीत पक्षपात र पूर्वाग्राही काम गर्ने छुट वा सुविधा छैन ।

    संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापनाको व्यवस्था गरिएको छ । स्थानीय तहलाई मावि तहसम्मको शिक्षाको अधिकार संविधानले नै प्रदान गरेको अवस्थामा जिल्ला शिक्षा कार्यलयको पुनःस्थापना गर्न खोज्नु प्रतिगामी कदम हो ।
    हामीले निर्वाचन घोषणापत्र र आ.व. २०८०।८१ को नीति तथा कार्यक्रमको आधारमा भक्तपुर नगरको विकास निर्माणको कामलाई अगाडि बढाउँदैछौं ।

    आयतर्फ ः
    चालु आ.ब. २०८०।०८१ मा आन्तरिकतर्फ ६० करोड र बाह्य स्रोततर्फ रु. १ अर्ब ५३ करोड २३ लाख ४० हजार तथा गत वर्षको बां“की मौज्दात रु. १३ करोड ६२ लाख ५४ हजार गरी कुल रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार स्रोत अनुमान गरिएकोमा चालु आ.ब. २०८०।०८१ को १० महिनामा कूल आन्तरिक आय रु. ४० करोड ९३ लाख संकलन भएको छ । उक्त रकम चालु आ.ब.को लक्ष्यको ६८ प्रतिशत हो । गत बर्षको सोही अवधिको तुलनामा उक्त रकममा रु. ९ करोड ६४ लाख वृद्धि भएको छ । यो गत बर्षको तुलनामा ३१ प्रतिशतले बृद्धि हो । यो करको क्षेत्र बिस्तार हुँदै जानुको परिणाम हो ।
    नेपाल सरकारबाट राजश्व बाँडफाँटतर्फ चालु आ.व. मा ५ करोड २० लाख, वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा ४४ करोड ४० लाख, मालपोत रजिष्ट्रेशनबाट रु. १ करोड ५३ लाख प्राप्त भएको छ भने बागमती प्रदेश सरकारबाट यसै आ.व. मा वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानतर्फ जम्मा ३ करोड ६० लाख रुपैयाँ, सवारी करको राजश्व बाँडफाँडबाट रु. २ करोड ३३ लाख रुपैयाँ प्राप्त भएको छ । यसरी आन्तरिक र वाह्य गरी कुल रु. २ अर्ब १३ करोड २३ लाख आय अनुमान गरिएकोमा २०८१ बैशाख मसान्तसम्म कुल रु. १ अर्ब २३ करोड ७५ लाख प्राप्त भई अनुमानित आयको ५८ प्रतिशतमात्र आम्दानी भएको छ ।
    राजश्व संकलनलाई प्रविधि मैत्री बनाउन विभिन्न सफ्टवेयर तथा अनलाईन भुक्तानी प्रणालीको प्रवद्र्धन गर्दै लगिएको छ जसबाट नागरिकहरुले सहज, सुलभ तरिकाले राजश्व भुक्तानी गर्ने कार्य भई सेवा प्रवाह छरितो हुन पुगेको छ ।
    व्ययतर्फ ः
    चालु खर्चतर्फ रु. १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार विनियोजित रकम मध्ये २०८१ वैशाख मसान्तसम्म रु. ८५ करोड १९ हजार खर्च भई विनियोजित रकमको ६२।०८ प्रतिशत, पुँजीगत खर्चतर्फ विनियोजित रकम रु. ८० करोड ४१ लाखमध्ये रु. २० करोड ४२ लाख ५३ हजार खर्च भई विनियोजित रकमको २५।३२ प्रतिशत प्रगति हासिल भएको छ । वित्तीय व्यवस्थातर्फ रु. ९ करोड ५० लाख विनियोजन भएकोमा यसै अवधिमा रु. २ करोड ३५ लाख खर्च भई विनियोजित रकमको २४।७३ प्रतिशत प्रगति हासिल भएको छ । यसरी चालु, पु“जीगत र वित्तीय व्यवस्थातर्फ कुल विनियोजित रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ४७।४८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    शिक्षा ः

    -भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा शैक्षिक संस्थाहरुमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म जनताका छोराछोरीहरुलाई शिक्षा प्रदान गर्दै छ । ख्वप विश्वविद्यालयको स्थापनाको लागि हामीले निरन्तर जोड दिँदैछौं । ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन प्रतिनिधिसभा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति समक्ष पनि ध्यानाकर्षण पत्र बुझाएका छौं ।

    – ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा मिति २०८० असोज २४–२६ मा “कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा सञ्चारका लागि प्रविधि विषयक पहिलो अन्तर्राष्ट्रिय सम्मेलन“ (क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ यल त्भअजलययिनष्भक ायच ऋयmउगतभच, भ्भिअतचष्अब,ि भ्भिअतचयलष्अक ७ ऋयmmगलष्अबतष्यल ९क्ष्ऋत्–ऋभ्भ्ी द्दण्द्दघ) र मिति २०८० असोज ३० देखि कार्तिक २ मा “भूकम्प इन्जिनियरिङ तथा विपद् पश्चातको पुनर्निर्माण योजना” विषयक तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन (क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ यल भ्बचतजत्रगबपभ भ्लनष्लभभचष्लन बलम एयकत म्ष्कबकतभच च्भअयलकतचगअतष्यल एबिललष्लन० तथा २०८१ बैशाख १४ गते वास्तुशास्त्रका प्रवृत्ति र सम्पदा विषयक तेश्रो राष्ट्रिय सम्मेलन (घचम ल्बतष्यलब िऋयलाभचभलअभ यल ब्चअजष्तभअतगचब ित्चभलमक बलम ज्भचष्तबनभ० सम्पन्न ग¥यौं ।

    यस वर्ष ख्वप इ. कलेजमा अध्ययनरत भूकम्प इन्जिनियरिङका विद्यार्थी इ. रोशन प्रजापति स्नातकोत्तर तहमा नेपाल प्रथम भए भने स्नातक तह सिभिल इन्जिनियरिङमा ई. विकास पाण्डे सर्वोत्कृष्ट हुन सफल भएका छन् । त्यस्तै ख्वप कलेजमा अध्ययनरत विद्यार्थी पलिस्था रञ्जितकार पनि अंग्रेजी विषयमा स्नातकोतर तहमा नेपाल प्रथम भएकी छिन् ।

    – सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन तथा प्राविधिक समिति गठन गरी विद्यालयको अनुगमनको व्यवस्था गरेका छौं । यो वर्ष विद्यालयको भौतिक निर्माण र विभिन्न शीर्षकमा १८ वटा विद्यालयमा रु. ५५ लाख अनुदान वितरण गर्यौ ।

    -चालू आ.व.मा २ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणका लागि रु. १३ लाख र विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापनको लागि ३ वटा विद्यालयको लागि रु. १९ लाख ५० हजार आर्थिक अनुदान उपलब्ध गरायौं ।
    – चालु वर्षमा इतिहास, भूगोल, राजनीति शास्त्र, नेपालभाषालगायत विषय लिएर ९ जनाले भक्तपुर नपाको छात्रवृत्तिमा एम.फिल र पिएचडी गर्दैछन् भने ख्वप कलेजमा अध्ययनरत राजनीतिशास्त्रमा ३८ जना र इतिहास संस्कृतिमा १० जनाले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । अन्य विभिन्न कलेजमा अध्ययनरत धेरै विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गर्दैछौं ।

    -शिक्षाको गुणस्तर वृद्धिको लागि शैक्षिक क्यालेण्डर निर्माण गरी कक्षा ५, ८ र १० को परीक्षा पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।

    -नगरका विभिन्न विद्यालयमा अध्ययनरत आमा बुबा नभएका ५६ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरियो ।
    ड्ड यो वर्ष १०१ जना विद्यार्थीहरुको शैक्षिक ऋण स्वीकृत गर्यौ भने ती समेत गरी हाल करिब ६०० जना विद्यार्थीहरुले नगरपालिकाबाट रु ५ लाखसम्म ऋण लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

    स्वास्थ्य ः
    -भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरुमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्ने ख्वप अस्पतालको विशेषता हो । गत वर्ष ख्वप अस्पतालले २ लाख २० हजार ४ सय भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्यो भने चालू आ.व. को बितेको १० महिनामा ७० जिल्लाका १ लाख ९२ हजार ८२३ बिरामीलाई सेवा प्रदान गरिसकेको छ । हाल ख्वप अस्पतालमा चिकित्सक, नर्स र कर्मचारीहरु गरी कूल १९४ जना जनशक्ति कार्यरत छन् ।

    – चालू आ.व. को यस अवधिमा आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रबाट २ हजार १६४ जनाले स्वास्थ उपचार प्राप्त गरे । ख्वप तिलगंगा आ“खा अस्पतालले चालू आ.ब.को १० महिनामा २४ हजार ६०९ जना आ“खाका बिरामीहरूको उपचार गर्यो भने सोही अवधिमा ६७७ वटा आँखाको अपरेसन गरिसकेको छ । त्यस्तै घरदैलो नर्सहरुले २० हजार ५२२ जनातासँग सम्पर्क गरी सामान्य स्वास्थ्य सेवा प्रदान गरेको रेकर्ड छ ।
    ड्ड यस वर्ष १० महिनामा नगरबासीहरुलाई ८ हजार ७ सय २६ वटा सिलिन्डर अक्सिजन निःशुल्क वितरण र ७३१ जना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गरायो भने रगत बापत भक्तपुर नगरपालिकाले १५ लाख ४९ हजार ३६० रुपैयाँ भुक्तानी ग¥यो ।
    ड्ड त्यस्तै कडा रोग लागेका २३१ जनालाई प्रतिव्यक्ति रु. १५,०००।— का दरले रु. ३४ लाख ६५ हजार सहयोग उपलब्ध गरायौं ।
    ड्ड नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नियमित रुपमा वडा वडामा पाठेघर तथा स्तन क्यान्सर, दन्त परीक्षण र आँखा परिक्षण शिविर तथा श्वासप्रश्वास शिविरहरु सञ्चालन गर्दै आएको छ ।

    – भक्तपुरमा ८० प्रतिशत भन्दा बढी नगरबासी स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन् । सम्पूर्ण नगरबासीहरुलाई स्वास्थ्य बिमामा आबद्ध गराउने हाम्रो प्रयास जारी छ । स्वास्थ्य बीमाको भुक्तानी समयमा उपलब्ध नहुँदा ख्वप अस्पतालले ठूलो समस्या भोगिरहेको छ ।
    ड्ड ख्वप अस्पतालले हालै मानसिक रोग र छात्ती रोग विशेषज्ञ सेवा पनि सुरु गरेको छ ।

    सम्पदा संरक्षण ः
    – २०७२ सालको भूकम्पपश्चात भक्तपुर नगरपालिकाले ५८ वटा पाटी, ३६ वटा मन्दिर, ९ वटा द्योछेँ, १३ वटा पोखरी, ९ वटा सत्तल, ८ वटा इनार, ढुंगेधारा ८ र अन्य विविध समेत गरी १५८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ भने हाल १९ वटा सम्पदाहरु निर्माणाधीन अवस्थामा छन् ।

    – २०८१ वैशाख २२ गते खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न ग¥यौं ।

    – ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ८०० वर्ष पुरानो भाजु पुखु पुनःनिर्माण कार्य सम्पन्न गरी २०८० फागुन २५ गते उक्त पोखरी उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरेका छौं ।

    – पुरानो नगर क्षेत्रभित्र निजी घर र सम्पदा पुनःनिर्माणको लागि माटो जोडाइलाई जोड दिँदै छौं । प्रसिद्ध थन्थु दरबार, भनपा ९ दत्तात्रयस्थित पुजारी मठ, भनपा ६ स्थित छुमा गणेश द्यो छेँलगायतका सम्पदाहरु माटो जोडाइबाट निर्माण गर्दै छौं । छुमा गणेश द्यो छेँ पुनःनिर्माण अन्तिम चरणमा छ भने लक्ष्मी नरसिंह मन्दिर, इखालाछी मठ, हाडा छेँलगायतका सम्पदाहरु पनि आगामी वर्ष सम्पन्न हुनेगरी कार्य भइरहेका छन् ।

    – पुरातात्विक महत्वका निजी घरहरु संरक्षण गर्ने नीतिअनुसार भनपा वडा नं. ९ स्थित एउटा घर घरधनीबाट पछि लागत असुली हस्तान्तरण गर्ने गरी नपाको लगानीमा पुनःनिर्माण सम्पन्न गरिसकेका छौं ।

    – गाईजात्राको समयमा प्रस्तुत हुने विभिन्न विधाहरुलाई प्रतियोगितात्मक मूल्यांकन गरी पुरस्कृत गर्दै आएका छौं । टोल टोलमा कार्यरत सांस्कृतिक गुरुहरुको सम्मान गर्ने नीतिअनुसार चालु वर्षमा २२ जना सांस्कृतिक गुरुहरुलाई सम्मान गरियो ।

    -मिति २०८१ बैशाख २५ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्री नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भक्तपुरको कला संस्कृति, इतिहाससम्बन्धी १ दिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न भयो ।

    पर्यटन ः
    -चालु आ.व.को १० महिनामा गैर सार्कतर्फ १,०७,१३१ जना र सार्क र चिनियाँतर्फ १,०३,०२१ गरी जम्मा २,१०,१५२ जना पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरिसकेका छन् । गत आ.व.को श्रावणदेखि बैशाखसम्म १० महिनामा गैर सार्कतर्फ ७८,९९३ जना र सार्क र चिनियाँतर्फ ६०,३६९ जना गरी जम्मा १,३९,३६२ जना पर्यटकले मात्र भक्तपुर अवलोकन भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष ७०,७९० जना (५०.८० प्रतिशत) बृद्धि भएको छ ।

    – २०८० पुस १४ गते ‘पोखरी चिनौं सम्पदा जोगाऔं’ सहित ‘साँस्कृतिक सम्पदा पदयात्रा र बहाबही चिनौं र सम्पदा जोगाऔं’ नारा सहित पोखरी र बहाबहीको पदयात्रा, योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न भयो ।

    -विश्व पर्यटन दिवसको अवसरमा पर्यटन व्यवसायी, पर्यटक पथप्रदर्शक, ट्राभल्स एजेन्सी, होटल व्यवसायी संघ, नेपाल पर्यटन बोर्ड र टुर्गानलगायत पर्यटन विकासमा टेवा पु¥याउने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरियो ।

    -२०५० सालदेखि पर्यटन विकासमा महŒवपूर्ण योगदान गर्दै आएकोमा यस वर्ष नेपाल पर्यटन बोर्डले स्थापनाको २५ औं वर्ष रजत जयन्तीको अवसरमा भक्तपुर नगरपालिकालाई सम्मान गर्यो ।

    – ४५ औं पर्यटक प्रहरी दिवसको अवसरमा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रलाई उत्कृष्ट पर्यटक पथप्रदर्शक व्यवस्थापनका साथै पर्यटकहरुलाई व्यवस्थित रुपमा सूचना प्रदान गरेकोमा सम्मान गरियो ।

    -मिति २०८० फागुन २ गते चिनियाँ नयाँ वर्ष (ड्रयागन वर्ष)को अवसरमा भक्तपुर दरवार क्षेत्र र टौमढीमा नेपाली र चिनियाँ विशेष साँस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।

    -त्यस्तै मिति २०८० पुष २ गते, हलिमली ब्वज्याको फोटो प्रतियोगिता सम्पन्न भयो

    वातावरण र सरसफाइ ः

    – नगरका सडक र गल्लीहरुमा विद्युत र केबुल तारहरु छरपष्ट भएको कारण दृश्य प्रदूषण भइरहेको हुँदा शहरको सुन्दरता बढाउन तारहरु भूमिगत गर्ने कार्य भइरहेको छ ।
    ड्ड नगरका चोक र विभिन्न ठाउँहरुमा हरियाली प्रवद्र्धन कार्य टौमढी, दरबार क्षेत्र, दत्तात्रयसँगै साकोठालगायत विभिन्न ठाउँमा विस्तार गरिएको छ ।
    – नगरका मूल सडकमा इँटा र ढुंगा छाप्ने कार्य सम्पन्न भइसकेको हुँदा भारी सवारी निषेध गरी क्रमशः सवारी निषेध गर्ने कार्यलाई अगाडि बढाउँदैछौं ।

    खोला सफाइका लागि हनुमानघाट र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । खोलाको दुवै पट्टी ढल बिछ्याइ सकिएको छ ।

    कृषि ः
    ड्ड घर घरबाट निस्किने कुहिने र नकुहिने फोहरहरु अलग अलग संकलन गरी कम्पोष्ट मल बनाउँदै किसानहरुलाई बिक्री गर्दै आएका छौं । ५ के.जी आलुको बीउ वितरण गर्दा २० के.जी कम्पोष्ट मल निःशुल्क गराउँदै आएकोमा यस वर्ष तोकिएको मूल्यमा धानको बीउ र कृषि चुन ५० प्रतिशत अनुदान तथा नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल सहुलियत दरमा वितरण गर्दैछौं ।

    – किसानहरुले उत्पादन गरेको तरकारी सहज बिक्री वितरणका लागि भक्तपुर नपा ५ भेलुखेलमा तरकारी बजार निर्माण कार्य भइरहेको छ । त्यसैगरी कृषि उत्पादनहरु भण्डारण गर्न भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।

    कृषकहरुको लागि बाली स्वास्थ्य उपचार शिविर तथा माटो परीक्षण शिविर सञ्चालन गर्दै छौं । साथै भक्तपुर नगरपालिकाद्वारा वितरण गरिएको आलु बालीको अनुगमन, नगरबासी कृषकहरुको लागि तरकारी नर्सरी व्यवस्थापन तालिम सञ्चालन र धानबालीमा लाग्ने रोग तथा किरा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।

    -छाडा छोडिएका चौपाया नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्दै आएकोमा चालु आ.व. मा १ हजार २९ वटा कुकुरलाई रेबिज खोप दिइयो भने कुकुर बन्ध्याकरण गर्ने कार्य भइरहेको छ ।

    खानेपानी ः
    – खानेपानीको समस्या समाधान गर्न परम्परागत पानीका स्रोतहरु पोखरी, ढुंगेधारा, इनार, कुवाहरुको संरक्षण गर्नुकासाथै नगरबासीहरुको घरघरसम्म मेलम्चीको पानी पु¥याउने कोसिस गर्दैछौं । केयुकेएलसँग समन्वय गरी ठाउँ ठाउँमा बोरिङ गरी पानीको व्यवस्था गर्दै आएका छौं भने मेलम्चीको पानी पुरानै पाइपबाट पानी वितरण गर्दैछौं । नगरकोटबाट आउने पानी अत्यन्त कम भएकोले अझै नगरका विभिन्न ठाउँहरुमा पानीको समस्या भएको हुँदा हामी त्यसको पनि समाधानको क्रममा छौं ।

    खेलकुद ः
    – नगरपालिकाले फुटबल, भलिबल, बक्सिड्ड, जिम्नाष्टिक, करा“ते र टेबुलटेनिसको नियमित प्रशिक्षणलाई निरन्तरता दिंदै पूर्णकालीन खेलकुद प्रशिक्षकको व्यवस्था गरी नगरक्षेत्रका विद्यालयहरूमा नियमित खेलकुद प्रशिक्षण दिँदै छ । यो वर्ष ४९ जना विद्यालय खेलकुद शिक्षकहरुलाई पनि खेलकुद प्रशिक्षण दियौं ।

    -२०८० माघ २१ देखि २७ गते सम्पन्न विद्यालयस्तरीय खेलकुद प्रतियोगिता १५ वटा खेलमा ८१ वटा विद्यालयबाट २२५६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

    -त्यस्तै २०८० फागुन २९ देखि चैत्र ३ गतेसम्म विभिन्न १५ वटा नगरपालिकाहरुको सहभागितामा अन्तनगर महिला कबड्डी प्रतियोगिता सम्पन्न भयो ।

    – नगरबासीहरुलाई स्वस्थ राख्न टोल टोलमा शारीरिक व्यायाम प्रशिक्षण गर्दै आएकोमा २०८० असोज २९ गते भक्तपुरको दरबार क्षेत्रमा वृहत शारीरिक व्यायाम (छिकोङ) प्रदर्शनी भयो ।

    – सबै नागरिकहरुको स्वास्थ्य राम्रो बनाउन भक्तपुर नपाले टोल टोलमा खुल्ला व्यायामशालाहरुको व्यवस्था गर्दै आएको छ । २०८०।८१ मा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा पदक जित्ने हाम्रा खेलाडीहरुको मनोबल बढाउन यस वर्ष २०८१ जेठ ५ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ज्यूको प्रमुख आतिथ्यमा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भयो ।

    युवा र आत्मनिर्भरता ः
    -स्थानीय युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन विद्युत, कम्प्युटर, प्लम्बिङ, सिलाइ, हेयर कटिङ, बुटिक, पाक शिक्षाको प्रशिक्षण नियमित रुपमा सञ्चालन भइरहेको छ । यो वर्ष हालसम्म विभिन्न विषयमा ३०६ जनाले तालिम पाइसकेका छन् ।
    ड्ड नगरपालिकाले भाषा तालिमलाई पनि निरन्तरता दिँदै जापानी भाषा र चिनियाँ भाषाका कक्षा सञ्चालन गर्दैछ । चालू वर्षमा जम्मा ११७ जना विद्यार्थीहरुले ४ महिने जापानी भाषा र १३९ जना विद्यार्थीले चिनियाँ भाषा ४ महिने कोर्स पूरा गरेका थिए भने हाल चिनियाँ र जापानी भाषामा १२१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    – युवाहरूलाई स्वरोजगार बनाउन नगरपालिकाले रु. ५ लाखसम्म युवा उद्यमशीलता ऋणको व्यवस्था गरेको छ । भक्तपुर नगर क्षेत्रका युवाहरुलाई युवा उद्यमशिलता प्रवद्र्धन ऋण परिचालन गर्न आवेदन संकलन शुरु भइसकेको छ । २०८० चैत्र २७ गतेदेखि २०८१ बैशाख २ गतेसम्म, लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगर भित्रका १० वटै वडाका बेरोजगार युवाहरुलाई ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भयो । उक्त तालिममा ४६ जना सम्भावित उद्यमी छनौट भएको र तालिमका प्रशिक्षार्थीहरुलाई बेकरी, मखमली जुत्ता, स्कुल ब्याग, सिकर्मी, पेपर रिसाइक्लिङ, मुकुण्डो निर्माण, श्यानिटेरी प्याड निर्माणलगायतका सीप तालिम दिने तयारी भइरहेको छ ।

    सहकारी ः
    -सहकारी सञ्चालकहरु जनताको बचत रकम लिएर भाग्ने क्रम बढेको हुँदा नगरभित्रका सहकारीहरुमा त्यस्तो समस्या नआओस् भनी समय समयमा सूचना प्रवाह, भेलाहरु बोलाइ सचेत पार्दैछौं । समस्या हुने सम्भावना देखिएका सहकारीहरुमा अनुगमन गरी सुधार्ने प्रयास गर्दैछौं । कतिपय सहकारीका सञ्चालकहरुको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गर्न सक्दो प्रयास गर्दैछौं ।

    विकास निर्माण ः
    -चालू आ.ब.मा हालसम्म नगरस्तरीय योजनाको रुपमा सडक पूर्वाधार, सडक पीच, ग्राभेल, ब्लक छपाई र ढुंगा छपाई तथा इँटा छपाइ गरी ८२ वटा नगरस्तरीय र मर्मतका योजनाहरु सम्पन्न भइ सकेका छन् । वडा बजेटबाट वडा वडामा पनि विकास निर्माणका कामहरु भइरहेका छन् । खानेपानीतर्फ तुमचो प्लानिङ र कमलविनायक प्लानिङमा खानेपानी ट्यांकी निर्माण, भनपा १० बेखाल कभर्ड हल र भनपा ६ मा आदर निकेतन भवन निर्माण सम्पन्न भएको छ । बाढीजन्य क्षति न्युनीकरण गर्न भनपा ८ लिबालीमा रिटेनिङ वाल निर्माण गरिएको छ । क्रमागत योजनाको रुपमा भवनतर्फ बेखाल स्वास्थ्य सेवा केन्द्र भवन, शीत भण्डारगृह, खँचा पोखरी स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

    – नगरका विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन नहुँदा समस्या भइरहेकोले नगर प्रहरीको व्यवस्थागरी सोको व्यवस्था र बजार व्यवस्थापनलगायतका उचित व्यवस्थापन गर्ने सक्दो प्रयास गर्दैछौं ।

    – भनपा ७, ८, ९ र १० का विभिन्न स्थानहरुमा यस वर्ष ५९ वटा सिसि क्यामेरा जडान गरिएको छ ।

    देको मिवा इतापाके आवास योजना ः
    -भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना १६५३ रोपनी जग्गामा संचालन भइरहेको छ । कूल कित्ता संख्या २५०२ मध्येमा हाल सम्म ८ सय ६२ वटा (प्रतिशत ३६.१७) पूर्जा वितरण भइसकेको छ । गुठी जग्गाको समस्या र जनताका गुनासाहरुबारे गम्भीरतापूर्वक छलफल गरी समाधानको प्रयाश भइरहेको छ भने पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् ।

     

    बजार अनुगमन ः
    – उपभोक्ता हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न नगरवासीहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सबै किसिमका खाद्य र उपभोग्य सामाग्रीहरूको विक्री वितरणलाई नियमन गर्न समय समयमा भक्तपुर नगरपालिकाले अनुगमन गर्दैछ । जनस्वास्थ्यस“ग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरू, मासु पसल, मिठाइ पसललगायतका विभिन्न व्यापार व्यवसायको नियमित रुपमा अनुगमन भइरहेको छ । अनुगमनको क्रममा भेटिएका, म्याद नाघेका र सडे गलेका बस्तुहरू नष्ट गर्ने र मापदण्ड पुरा नगरी व्यवसाय संचालन गरेको व्यवसायीलाई कानून बमोजिम कारवाही गरेका छौं । त्यसै गरी विकास निर्माणको काममा पनि अनुगमन भइरहेको छ ।

    नक्सापास ः
    ड्ड आर्थिक वर्ष ०८०।८१ को १० महिनामा कूल ३१२ वटा नक्सा दर्ता भएकोमा सो अवधिमा २७२ वटा नक्सापास भयो । ती मध्ये १५१ जनाले निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।

    मुद्दा फछ्र्यौट ः
    – आर्थिक वर्ष ०८०।८१ को १० महिनामा अनियमित निर्माणलगायतका विषयमा ४३० वटा मुद्दा फछ्र्यौट भयो । सो अवधिमा नगरपालिकामा कूल ३५१ वटा मुद्दा दर्ता भएको थियो ।

    पुस्तकालय ः
    -जनज्योति पुस्तकालयमा २०८० जेठ १ गतेदेखि २०८१ बैशाख मसान्तसम्ममा १४ हजार ३४५ जना पाठकहरुले पुस्तकालयको सेवा तथा सुविधा लिएका छन् । नगरवासीहरुको चाहनाअनुसार ई—लाइब्रेरी संचालन भइरहेको छ भने ई लाइब्रेरी कक्षमा १० वटा इन्टरनेटसहितको कम्प्युटर व्यवस्था गरिएको छ । हालसम्म पुस्तकालयमा १५३५ जना सदस्यहरु आबद्ध छन् । पुस्तकालयमा दर्शन, धर्म, सामाजिक, भाषा, बिज्ञान, कला, साहित्य, भूगोल तथा इतिहासका करिव १८ हजारभन्दा बढी पुस्तकहरु संकलित छन् ।

    सञ्चार माध्यम ः

    – भक्तपुर नगरपालिकाले आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै सुशासन कायम गर्ने प्रयास गर्दै आएको छ । सो क्रममा भक्तपुर नगरपालिकाले शुरुदेखि नै आफ्नो मुखपत्र प्रकाशन गरी नगरपालिकाको सम्पूर्ण गतिविधि र निर्णयहरू सार्वजनिक गर्दै आएको हो । भक्तपुर नगरपालिकाले नियमित मासिक भक्तपुर, पाक्षिक ख्वप पौ, भक्तपुर खबर डट कम (अनलाइन) पत्रिका, फेसबुक पेज, वेभ साइटमार्फत नगरपालिकाको सम्पूर्ण गतिविधि सार्वजनिक गर्दै आएको छ ।
    ड्ड यो वर्ष ‘वाकुपति चाँगुनारायणमा तामाको छानामा सुनको जलप—२०८०’, भजन गीत संग्रह र भाजु पुखु पुनःनिर्माण गरी ३ वटा पुस्तक प्रकाशन गरियो ।

    विविध ः

    – २०८० मंसिर २६ गते जनवादी गणतन्त्र चीनको सचुवान प्रान्तको लसान सहरसँग मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना भयो ।

    -२०८० मंसिर १७ गते ३२ औ अन्तर्राष्ट्रिय अपांगता दिवसको उपलक्ष्यमा भक्तपुर नगर भित्रका अपांगता भएका व्यक्तिहरुको वृहत भेला, स्वास्थ्य शिविर, विभिन्न खेल, चित्रकला प्रतियोगिता र बास्केटबल खेल प्रदर्शनी भयो ।

    -दोस्रो कार्यकालको दुइ वर्षको अवधिमा ७५ वटा भन्दा बढी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको प्रतिनिधिमण्डलले यस अवधिमा भक्तपुर नगरपालिकाको अध्ययन÷अवलोकन भ्रमण गरेको रेकर्ड छ ।

    – साथै संघीय र प्रदेश सरकारका २० वटा भन्दा प्रतिनिधिमण्डलले नगरपालिकाको भ्रमण गरेको छ ।
    ड्ड विभिन्न देशका उच्च पदस्थ पदाधिकारीहरुले पनि भक्तपुरको भ्रमण गर्नु भएको छ ।

    यही जेठ ३ र ४ गते बागमती प्रदेशका २१ वटा गाउँपालिकाका प्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकामा सम्पदा संरक्षण सम्बन्धी अभिमुखीकरण सम्पन्न भयो भने जेठ ८ र ९ गते अरु २१ वटा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका प्रतिनिधिहरुको सोही बिषयमा अभिमुखीकरण हुने कार्यक्रम छ ।

    -यसरी भक्तपुर नगरपालिका सबैको लागि सिक्ने ठाउँको रुपमा बिकास हुँदैछ । भक्तपुरलाई यो ठाउँसम्म ल्याइ पु¥याउन धेरैले आआफ्नो क्षेत्रबाट योगदान गर्नु भएको छ । उहाँहरु सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

    हामीले जनताका थुप्रै अपेक्षाबीच सीमित श्रोत र साधनको आधारमा केही काम गर्यौ । भक्तपुर नगर र नगरबासीका निम्ति गर्नु पर्ने धेरै कामहरु बाँकी छन् । ती काम पनि नगरबासीहरुसँग छलफल गरी बिस्तारै गर्दै जाने छौं । भक्तपुरलाई नमूना नगर बनाउन नगरपालिकाका हरेक काममा संधै साथ र सहयोग गर्ने स्थानीय जनता, राजनैतिक पार्टीका कार्यकर्ताहरु, पूर्व जनप्रतिनिधिहरुलगायत सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्द छौं ।

    मिति ः २०८१ । २ । ६

    सुनिल प्रजापति
    प्रमुख, भक्तपुर नगरपालिका

    (भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख प्रजापतिले गरेको सम्बोधन यहाँ प्रस्तुत गरिएको हो ।)

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...