News Portal

  • महिनावारीबारे अन्धविश्वास हटाउँदै जानुपर्नेमा जोड

    नविना श्रेष्ठ काठमाडौं, १६ जेठ २०८१
    ३५५ पटक
    महिनाबारिकाठमाडौं, १६ जेठ २०८१

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

    प्रमुख वक्ता रहेकी पूर्वमन्त्री रामकुमारी झाँक्रीले महिनावारीसम्बन्धी समस्या परिवारले नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । अहिलेसम्म आइपुग्दा महिनावारीसम्बन्धी सोचमा धेरै हदसम्म लचकता आएको भन्दै उनले यसमा रहेका जटिल अवधारणालाई क्रमशः हटाउँदै जानुपर्ने बताइन् ।

    ‘यो प्राकृतिक कुरा भएकाले डरलाग्दो बनाउनु हुँदैन। परिवारले यसलाई शारीरिक परिवर्तनमध्येको एक प्रक्रियाको रुपमा स्वीकार गर्नुपर्छ’, उनले भनिन् । छाउपडीजस्ता कुरीति भत्काउन परिवार र समाज नै गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

    यसैगरी राष्ट्रिय योजना आयोगकी सदस्य प्राडा संगीता सिंहले महिनावारीसम्बन्धी अहिले देशमा प्रभावकारी नीति बनेको दाबी गरिन् । सोह्रौँ योजनामा यससम्बन्धी सोचमा परिवर्तन ल्याउन प्रभावकारी नीति बनाइएको भन्दै उनले कार्यान्यवन पक्षमा जोड दिनुपर्ने जनाइन् । अहिलेको सरकारले महिला ट्राफिक प्रहरीलाई महिनामा चार दिन छुट्टी दिनु न्याययुक्त कदम भएको भन्दै उनले सरकारको प्रशंसा गरिन् ।

    पूर्वमिस नेपाल इभाना मानन्धरले देशमा विभिन्न रूपान्तरणका काममध्ये सामाजिक रूपान्तरणको काम एकदमै चुनौतीपूर्ण भएको धारणा राखिन् । कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले तीनै तहका सरकारले यस विषयमा गम्भीर रहेर समाजमा प्रचलित अन्धविश्वासलाई अन्त्य गर्दै महिनावारीमैत्री मानसिकता बिकास गर्नुपर्ने बताइन ।

    त्यसैगरी राष्ट्रिय महिनावारी सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले महिनावारी प्रति सामाजिक र परम्परागत धारणालाई परिवर्तन गरि मर्यादित महिनावारी बनाउन जरुरी रहेको बताएका छन् । त्यसका लागि सामुहिक अभियानको उनले आवश्यकता औल्याएका छन् ।

    किशोरीहरुका दिन नेपालद्वारा आयोजित महिनावारीमा केन्द्रित चित्रकला, कविता र कथा लेखनमा उत्कृष्ट हुनेहरूलाई सो कार्यक्रममा पुरस्कृत पनि गरिएको थियो । साथै महिनावारी स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न संघ सस्थाहरुले सामाग्री प्रदर्शन गरेका थिए ।

    अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस यसवर्ष ‘महिनावारीमैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...