News Portal

  • सूचनाको माग पारदर्शीता देखाउने अवसर पनि हो : सिडिओ श्रेष्ठ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० जेठ २०८१
    ५०९ पटक
    भक्तपुर, २० जेठ २०८१

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । सूचनाको हकमाथि प्रकाश पार्दै उनले सूचना मागकर्तालाई सूचना दिनु भनेको पारदर्शीता देखाउने अवसर भएको बताएकी हुन् ।

    ‘सूचनाको हक र कार्यान्वयन सम्बन्धी सूचना अधिकारीसंगको अभिमुखीकरण’ कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन, ”आफ्नो कामको प्रचार गर्न नमिल्ने सरकारी कार्यालयका लागि सूचना उपलब्ध गराउनु नै कार्यसम्पादन र उपलब्धीको प्रचारप्रसारको अवसर हो ।” सो अवसरमा प्रजिअ श्रेष्ठले सूचनाको वर्गीकरणको आवश्यकता औल्याउदै सूचना अधिकारीले दिन नमिल्ने सूचनालाई कारण खुलाई दरपिठ गर्न सक्ने पनि प्रष्ट पारिन । ” गोप्य राख्नुपर्ने संवेदनशील सूचना दिनुपर्दैन तर त्यसको उचित कारण भने उल्लेख गरिदिनुपर्छ ।” उनले भनिन ।

    प्रजिअ श्रेष्ठले राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी, सूचना मागकर्ता र सूचना अभियन्तालाई सम्मान र पुरस्कृत गर्ने जानकारी गराउदै सूचनाको हक कार्यान्वयनका लागि प्रेरित गरेकी छन् ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कतिपय सूचना मागकर्ताले जुनसुकै बेला सम्पर्क गर्ने र आक्रोशित शैलीमा प्रस्तुत हुने अनुभव सुनाउदै सूचना अधिकारी आवेशमा आउँन नहुने बताए । सूचना अधिकारीले सरकारको प्रतिनिधित्व गर्ने भन्दै उनले सेवाग्राहीसंग शान्त र मित्रवत व्यवहार गर्न सुझाव दिए ।

    सो अवसरमा भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले सूचना अधिकारी नतोक्ने सार्वजनिक संस्थालाई कसरी बाध्यकारी बनाउने भन्ने जिज्ञासा राखेका थिए भने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी अनुप लामिछानेले चाँगुनारायणले सूचनाको हक संरक्षण र सम्बर्धनका लागि नगरपालिकाले अभिमुखीकरण संचालन गर्ने योजनाबारे अवगत गराए ।

    त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरको सूचना अधिकारी रहेका डिएसपी राजन केसीले सूचना अधिकारीका लागि तालिमको व्यवस्था हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले शाखाले उनलाई सूचना अधिकारी नियुक्त गरेको जानकारी गराउदै सरकारी कार्यालयमा मात्र नभई सार्वजनिक सरोकारका सबै संघसंस्थालाई समेत सूचनामैत्री बनाउन सूचना अधिकारीको व्यवस्थालाई कडाइका साथ् लागू गर्नुपर्नेमा जोड दिए ।

    जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी सम्मिलित सो कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्लामा दु:ख दिने मनशायले सूचना माग गर्ने प्रवित्ति बारे पनि खुलासा गरेका छन् । उनीहरुका अनुसार प्रयोजन नखुलाई सूचना माग गर्ने र एउटै व्यहोराको सूचना सबै कार्यालयसंग माग गर्ने प्रवित्ति पनि देखिएको छ ।

    कार्यक्रममा सूचनाको हक र कार्यान्वयन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्ला हुलाक कार्यालय भक्तपुरकी कार्यालय प्रमुख सीता लिम्बुले भक्तपुरमा सूचनाको हकको कार्यान्वयन सन्तोषजनक देखिएको बताइन । उनले जिउज्यानसंग सम्बन्धित सूचना २४ घण्टा भित्र दिनुपर्ने र अन्य सूचना सकेसम्म छिटो दिनुपर्नेमा जोड दिइन । सूचना माग्ने तर प्राप्त सूचनाको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था रहेको समेत उनले जानकारी गराइन ।

    उनले सूचनाको हक सम्बन्धी ऐन २०६४ मा सार्वजनिक निकायमा भएको, भैरहेका वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानुनले अपराध मान्ने गतिविधिबारे सूचना दिन सूचना अधिकारी भैराख्नु नपर्ने भन्दै त्यस्तो सूचना दिनु सार्वजनिक निकायका हरेक कर्मचारीको दायित्व भएको पनि प्रष्ट पारेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...