News Portal

  • जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, २३ जेठ २०८१
    ४७१ पटक
    मध्यपुर थिमि, २३ जेठ २०८१

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व: फेस्टिबल बाट उत्साहित आयोजकले यो वर्ष नगदेशमा वः फेस्टिबल आयोजना गर्ने भएको हो ।

    नेवा: समुदायको पर्व सिथिनखः को अवसर पारेर नगदेशमा जेठ २६ गते शनिवार दिनभर वः फेस्टिबल आयोजना गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन बिकास काउन्सिलले सो फेस्टिबल आयोजना गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश प्रजापतिले जानकारी गराएका छन् ।

    व: फेस्टिबलमा ४ लाख बढी अवलोकनकर्ता आउने बिश्वास व्यक्त गर्दै आयोजकले सोका लागि अधार समेत तयार गरिएको जानकारी गराएको छ ।

    व: भनेको नेवाः समुदायको विशेष परिकार हो । मास, मुगी तथा अन्य विभिन्न गेडागुडी सफा गरी भिजाइ त्यसपछि पिसेर तावामा विभिन्न आकार प्रकारमा पकाइने स्वादिलो परिकारलाई व: भनिन्छ । यसमा स्वाद अनुसार अण्डा, मासु समेत राखी बनाइन्छ । बाराको नामले पनि यसलाई बुझ्ने गरिन्छ ।

    वः फेस्टिबलमा ११ थरिको व: पाक्ने अध्यक्ष प्रजापतिले प्रष्ट पारेका छन् । उनका अनुसार ११ थरिको व: मा (१) माय् (मास) वः (२) मुँ( मुगी) वः (३) मुसू(मुसहर) वः (४) भुति(बोडी) वः (५) तरकारी वः (६) ला/लापि(मासु) वः ( ७) खें(अण्डा) वः (८) ख्वल्चा वः (चामलको पिठोबाट कचौरा आकार बनाई त्यसमा आफुलाई मन पर्ने मास/ मुगी राखेर बनाइने बारा), (९) भु वः / तःपा वः(ठुलो बारा) (१०) सू वः / बारा व(बीचमा प्वाल बनाएर तेलमा तारेर बनाउने बारा र (१२) कसू(केराउको दाल) व: रहने छ।

    नेवा समुदायमा जन्म देखि मृत्यु सँस्कार र मृत्यु पश्चात श्राद्ध तथा विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउने काममा प्रयोग हुने वःलाई राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य रहेको आयोजक मध्यपुर पर्यटन बिकास काउन्सिलका सचिव शिव सुन्दर श्रेष्ठले बताएका छन् ।लिच्छवी र मल्ल कालदेखी नै नेवा समुदायको सुख दुःखमा वः नभई नहुने परिकारको रुपमा रहेको छ । फेस्टिबलमा वः को महत्व, यसका प्रकार र यसको उपयोगको ईतिहासका बारेमा जानकारी दिने र पर्यटनसंग जोड्ने उदेश्य रहेको श्रेष्ठले बताए । व: फेस्टिबलले मध्यपुरको रैथाने स्वादलाई स्थापित गर्ने र खानाको स्वाद लिन पर्यटकलाई आकर्षित गरी यहाका कला, संस्कृती र सम्पदाहरुको समेत प्रचार प्रसार गरिने सचिव श्रेष्ठले बिश्वास व्यक्त गरेका छन् ।

    वः फेस्टिभलसंगै यस वर्ष भने ग्रीन भेजीटेबल एक्स्पो पनि जोड्ने आयोजकले जनाएको छ । सागसब्जीका लागि प्रख्यात नगदेशमा व: संगै यहाँका रैथाले हरियाँ तरकारीहरु प्रदर्शन गरी प्रचारप्रसार र आयआर्जनको लक्ष लिइएको काउन्सिल सदस्य रत्नकेशरी प्रजापतिले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...