News Portal

  • भक्तपुरमा टेलिभिजन रियालिटी शो ‘प्रतिभाको आँगन’को अडिसन शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असार २०८१
    ५८० पटक
    भक्तपुर, ३ असार २०८१

    भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को  तेस्रो संस्करण आउने भएको छ । बालबालिकाको नृत्य प्रतियोगिताको ‘टेलिभिजन रियालिटी शो’को रुपमा ख्याति कमाएको नमस्ते ख्वप: टेलिभिजनको लोकप्रिय कार्यक्रम प्रतिभाको आँगन तेस्रो संस्करण आउने भएको हो ।

    प्याब्सनद्वारा प्रायोजित भएकोले कार्यक्रमको नाम प्याब्सन प्रतिभाको आगन नृत्य प्रतियोगिता- २०८१ रहेको छ । यसमा प्याब्सनको भक्तपुर जिल्लामा आवद्ध सदस्य विद्यालयका विद्यार्थीहरु सहभागी हुन पाउने बताइएको छ । अडिसन राउण्ड शुरु भएको र प्रतियोगीहरु छनौट भैरहेका टेलिभिजनका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठले जनाएका छन् ।

    प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरुले आ-आफ्नो विद्यालयमा उपलब्ध आवेदन फारम भरेर विद्यालयमै बुझाउने व्यवस्था मिलाइएको उनले बताए । विद्यालयको समन्वयमा चुनदेवीस्थित प्याब्सनको कार्यालयमा प्रतियोगीलाई ल्याइने र अडिसन लिने टेलिभिजनले जनाएको छ । अडिसनमा उतीर्ण भएका विद्यार्थी मात्र प्रतियोगितामा सामेल हुन पाउने छन् ।

    ”अडिसनका लागि असार १४ गतेसम्म विद्यालयमै पाइने आवेदन फारम भरेर विद्यालयमा बुझाइसक्नु पर्दछ ।”  टेलिभिजनका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठले भने ।

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...