News Portal

  • सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ असार २०८१
    ३६० पटक
    भक्तपुर, ५ असार २०८१

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासमक्ष १४ बुँदें ध्यानाकर्षण पत्र पेश गरेको हो ।

    नगरपालिकाले विकासलाई दीर्घकालीन महत्वको हिसावले अघि बढाउनुपर्ने र प्राथमिकताका आधारमा विकासका योजना तथा कार्यक्रम अघि बढाउनुपर्ने माग गरिएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेलले बताएका छन् । ”ढल र निकासबिना बनाएको बाटोले समस्या मात्र ल्याउँछ, हाम्रो कुरा विकासलाई प्राथमिकीकरण गरियोस भन्ने हो ।” सभापति ढुंगेलले भने । करोडौं लगानी गरेर गरिएको कालोपत्रे ढल बिछ्याउने नाममा केही महिनामै भत्काउने कार्य नीतिगत भ्रष्टाचार भएको र त्यो कांग्रेसलाई मान्य नभएको उनको भनाइ छ ।

    ध्यानाकर्षण पत्रबारे पत्रकारसंग कुरा गर्दै नगर सभापति ढुंगेलले नेपाली काँग्रेस बिकास बिरोधी नभएको बताए । आवश्यक ठाउँमा बिकासका संरचना बनाउनुपर्ने उनले बताएका छन् । खोलामाथि होइन, बाटो माथि झोलुंगे पूल हालिएको र गाउँमा सेवा दिनुपर्ने नगर अस्पताल राजमार्गमा ल्याएर व्यवसाय गर्न खोजिएको भन्दै उनले व्यंग्य गरे । ” सागाको झोलिंगे पूललाई नगरपालिका मातहत ल्याउन त्यसैगरी सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न र प्रत्येक वडामा विशेषज्ञ सेवा सहितको कम्तिमा ५ शैयाको अस्पताल सञ्चालन गर्न ध्यानाकर्षण गराएका छौं।” उनले भने ।

    नगरपालिकाले आवश्यकता, क्षमता, औचित्व र महत्वका आधारमा विकासलाई वर्गीकरण गर्नुपर्ने र प्राथमिकताको आधारमा क्रमश: पूरा गर्दै जानुपर्ने उनको भनाइ छ ।”वडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गर्नुपर्नेमा हामीले नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराएका छौं ।” उनले भने ।

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र त्यसमा चल्ने नगर यातायात हुनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको नेपाली काँग्रेस सूर्यविनायक नगर सभापति ढुंगेलले बताए ।

    सामाजिक विकास बिना आर्थिक विकास सम्भव नहुने भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेखनीय काम गर्नपर्ने आवश्यकता औल्याए । कृषी र पर्यटन नगर सम्वृद्धिको प्रमुख आधार हुने भएकोले यस क्षेत्रमा लगानी बढाउँन माग गरिएको उनले बताए ।

    सूर्यविनायकमा करको दर बढी भएको र त्यसलाई पुनर्विचार गर्नुपर्ने विषयमा गम्भीर ध्यानाकर्षण गराइएको सभापति ढुंगेलले जनाएका छन् । जनताको करबाट निर्मित बजेट रकम दुरुपयोग हुनु नहुनेमा जोड दिइएको पनि उनले जानकारी दिए ।

    सहकारी संस्थाले निक्षेपकर्तालाई डुबाएका घटनाबाट पाठ सिक्दै स्थानीयको बचत सुरक्षित गर्ने उपाय अपनाउनुपर्ने र सहकारीलाई मर्यादित र व्यवस्थित बनाइनुपर्ने उनले बताए ।सामुदायिक, नीजि र धार्मिक वनको संरक्षणमा जोड दिनुपर्ने, नगरक्षेत्रका पानीका मुहानहरुको संरक्षण गर्नुपर्ने, राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न पहल गर्नुपर्ने, गणेशमान बाटिकाको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व ग्रहण गर्नुपर्ने, नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री हुनुपर्ने, उपभोक्ता समिति गठन गर्दा उपभोक्ताहरुको ब्यापक भेला गरी वास्तविक उपभोक्ताको सम्मिलित समिति बनाईनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।

    स्थानीय सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्दै उनले नगरपालिकाले गरेका राम्रा कामको प्रशंसा पनि गरेका छन् ।

    भूमिको वर्गीकरण, नगरवासीलाई निःशुल्क रगतको व्यवस्था, निःशुल्क शववाहन सेवा, हनुमन्ते करिडोर आसपास नक्शा पास खुला, नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, पर्यटन मार्ग, मेलम्चीको पानी वितरणमा पहल लगायतको काममा उनले नगरपालिकाको प्रशंसा गरेका हुन् ।

     

    नगरपालिकाका प्रमुख बासुदेव थापाले ध्यानाकर्षण पत्र बुझ्दै आफूले यसलाई गम्भीरतापूर्वक ग्रहण गर्ने बचन दिएका नेपाली काँग्रेस सूर्यविनायक नगरपालिकाका प्रवक्ता रमेश खड्काले बताए । राजनीतिमा प्रतिष्पर्धा र विकासमा एकता हुनुपर्नेमा जोड दिदै नगर प्रमुख थापाले नेपाली कांग्रेसको साथ र सहयोग रहीरहने बिश्वास ब्यक्त गरेका बताइएको छ । नगर प्रमुख थापाले आफू भ्रष्टाचार नगर्ने र अरु जनप्रतिनिधि तथा कर्मचारीलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्धता प्रकट गरेका प्रवक्ता खड्काले जनाएका छन् । सो अवसरमा नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका पदाधिकारी र स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...