चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ । मिश्रको ममतामयी आमा मुक्तादेवी मिश्रको बुधवार अपराह्न देहावसान भएको हो ।
सिङ्गो १ शताब्दीको साक्षी रहेकी मुक्तादेवीको १ सय १ वर्षको उमेरमा कैलाली स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आमाको अन्तिम अवस्थाको खबर पाएर मेयर मिश्र मंगलवार नै कैलाली पुगेका थिए ।
३ सन्तानकी आमा मुक्तादेवीको पूर्व मेयर मिश्र कान्छो छोरा हुन् ।