News Portal

  • माओवादी केन्द्रको रहर, स्वस्थ र सुन्दर मध्यपुर थिमि शहर

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, १३ असार २०८१
    ९३४ पटक
    maobadi madhyapurमध्यपुर थिमि, १३ असार २०८१

    मध्यपुर थिमि नगरपालिकामा उपप्रमुखको नेतृत्व पाएको नेकपा(माओवादी केन्द्र)ले शहर सौन्दर्यकरणको अभियान शुरु गरेको छ । नयाँ थिमिस्थित वनदेवी परिसरमा आकर्षक फूलका विरुवा रोप्दै शहर सौन्दर्यकरणको अभियान शुरु गरिएको हो ।

    बिहीवार सो पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले अभियान शुभारम्भ गरेका हुन् । ”स्वस्थ सुन्दर नगर, हाम्रो रहर” भन्ने उद्घोष सहित पार्टी अभियान शुरु गरिएको नगरपालिकाका उपप्रमुख समेत रहेका नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताएका छन् । ऐतिहासिक एवं पुरातात्विक सुन्दरताले भरिपूर्ण मध्यपुर थिमिलाई प्राकृतिक र वातावरणीय रुपले पनि सुन्दर बनाउन अभियान शुरु गरिएको उनको भनाइ छ ।

    अभियान अन्तर्गत नयाँ थिमिस्थित छ लेन सडकसंगै रहेको वनदेवी परिसरमा बिहीवार १ सय बढी फूलका विरुवा रोपिएको नगर सचिव शिवसुन्दर श्रेष्ठले बताए । वनदेवीमा वृक्षारोपण गरिएका कागते फूल(bougainvillea) ले वनदेवी परिसर सोभायमान हुने उक्त वन समितिका अध्यक्ष कृष्णलाल गोजाले बिश्वास व्यक्त गरेका छन् । राजनीतिक दलले वातावरण र शहर सौन्दर्यका लागि योगदान गरेको प्रति उनले सन्तोष समेत व्यक्त गरे ।

    फूलसंगै ओखरका बिरुवा रोप्ने पनि कार्यक्रम रहेको माओवादी केन्द्र मध्यपुर थिमि नगरसमितिले जनाएको छ । प्रत्येक घरलाई बिरुवा रोप्न प्रोत्साहित गर्दै मध्यपुर थिमिलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उदेश्य रहेको स्थानीय नेता बालकृष्ण दुगुले बताएका छन् ।

    सो अवसरमा बृक्षारोपणलाई सौन्दर्यकरणसंगै आय आर्जनसंग पनि जोड्न सकिनेबारे अध्ययन गरी कार्यन्वयन गर्न बागमती प्रदेश सभाकी पूर्व सदस्य एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सुझाव दिएकी थिइन् ।

    त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं प्रेस सेन्टर भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले जनप्रतिनिधिले सामाजिक काममा आफ्ना पार्टी सम्बद्ध कार्यकर्तालाई जोड्न सक्नुपर्नेमा जोड दिंदै नगर उपप्रमुखको प्रशंसा गरे । सबैकुरामा स्थानीय सरकारको मुख ताक्नु भन्दा सक्ने कामको शुरुवात आफैंले गर्न सके स्थानीय सरकारलाई ठुलो सहयोग पुग्ने उनको भनाइ छ ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि शाखाका सभापति बाबुकाजी सांछें श्रेष्ठ, बरिष्ठ पत्रकार रत्नकृष्ण श्रेष्ठ, वाइसीयल केन्द्रीय सदस्य राजु कुटु, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष राजेश्वरी श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...