News Portal

  • ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण , २१ असार २०८१
    ८३० पटक
    चाँगुनारायण , २१ असार २०८१

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई बहुगुणी फल एभोकाडोको शहर बनाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय रहेको यो अभियान यस वर्ष पनि शुक्रबारबाट शुरु भएको हो ।

    चाँगुनारायण-७ मझुवामा शुक्रवार बिहान एभोकाडोको बिरुवा वितरण र रोपण गरेसंगै दोश्रो चरणको अभियान शुभारम्भ भएको अभियानका संयोजक नरेश खड्काले जानकारी गराएका छन् । यस अभियानका परिकल्पनाकार एवं चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी ढकालले चाँगुनारायण-७ का वडाध्यक्ष श्यामकाजी नायजू र जेष्ठ नागरिक भिमसेन थापालाई एभोकाड़ोको विरुवा हस्तान्तरण गर्दै अभियानको दोश्रो वर्षको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका ढकालले पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोले चाँगुनारायणको मुहार बदल्ने बताउँदै अभियानले सामुहिक एकता पनि प्रदर्शन गर्न सफल भएको बताए । अभियानमा सयौं अभियन्ता स्वत:स्फूर्त जोडिएका र हजारौ परिवार सामेल भएका उल्लेख गर्दै उनले गत वर्ष झैं यो वर्ष पनि अभियान उत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गरेका छन् ।

    सो अवसरमा वडाध्यक्ष श्यामकाजी नायजूले अभियानप्रति ऐक्यवद्धता प्रकट गर्दै एभोकाड़ोको बिरुवालाई रोप्ने मात्र नभई हेरविचार गर्न र फलाउनपर्नेमा जोड दिए । अभियन्ताहरुले दु:खगरी श्रोत व्यवस्थापन गरेको भन्दै उनले सित्तैमा पाएको भनेर बिरुवाको बेवास्ता नगर्न आग्रह गरेका थिए ।

    वडा नम्बर ७ मा शुक्रवार ५ सय ओटा एभोकाड़ोका बिरुवा वितरण र रोपण गरिएको अभियन्ता दिनेश खनालले जानकारी दिएका छन् । चाँगुनारायण एकता तथा बिकास समाजको सहकार्यमा विरुवा वितरण र रोपण कार्यक्रम सम्पन्न भएको अभियन्ता लक्ष्मण दुलालले जानकारी दिए ।

    स्थानीय एवं भंगेरी डाँडा तामाङ्ग बस्ती सामुदायिक होम स्टेकी अध्यक्ष विष्णुमाया लामाले अभियानले सामुहिक भावनाको बिकास गर्न मद्दत गरेको प्रतिक्रिया दिएकी छन् भने अर्का स्थानीय राजन लामिछानेले एभोकाड़ो रोप्न, फलाउन र चाँगुनारायणलाई एभोकाडोको शहर बनाउन आफूहरु उत्साहित रहेको बताएका छन् ।

    सो अवसरमा स्थानीय अभियन्ता हरिशरण लामिछाने, गणेश थापा लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए भने विश्वप्रकाश पोखरेल, लालकिरण गौतम, मदन श्रेष्ठ, मदन ढुंगाना, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, अमृता संजेल, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, कान्छा लामा लगायतको सहभागितामा २ सय बढी घर परिवारमा एभोकाडोको बिरुवा वितरण गरिएको थियो । स्थानीय प्रहरी प्रभाग र क्लबमा पनि बिरुवा पुर्याइएको थियो ।

    ३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान गत वर्ष देखि शुरु भएको हो । ३१ असार २०८० बाट शुरु भएको अभियानले गत वर्ष चाँगुनारायणको सबै वडामा गरी ७ हजार बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले प्रष्ट पारेका छन् । यो वर्ष पनि गत वर्षकै हाराहारीमा विरुवा वितरण र रोपण गरिने योजना रहेको उनको भनाइ छ ।

    शुक्रवार चाँगुनारायण नगरपालिका ७, मझुवाबाट शुरु वृक्षारोपण कार्यक्रम शनिवार चाँगुनारायण नगरपालिका- २ दुवाकोटमा हुने तय भएको छ । त्यसैगरी असार २४ गते चाँगुनारायण- १ चाँगु स्कुल चौर, २६ गते चाँगुनारायण-४ न्याचोपौवा, २८ गते चाँगुनारायण- ३ झौखेल र २९ गते चाँगुनारायण-८ सुडालमा बिहान ८ बजेदेखि ८ बजेसम्म अभियानले काम गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...