News Portal

  • सकुशल छुट्टिएर गुण्डु गएका थापाको असामयिक निधनले पूर्वप्रधानमन्त्री ओली स्तब्ध

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ असार २०८१
    ४३४ पटक
    भक्तपुर, २२ असार २०८१

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधनले ओली दु:खी र स्तब्ध भएका छन् । सूर्यविनायक-७ गुण्डुस्थित आफ्नै घरमा गएराती सकुशल सुतेका थापाको असामाजिक निधनले पूर्व प्रधानमन्त्री ओलीलाई दु:खी र स्तब्ध बनाएको हो ।

    थापा धेरै नबोल्ने र लजालु स्वभावका भएका पूर्व प्रधानमन्त्री ओलीले बताएका छन् । काममा जहिले पनि तम्तयार रहने गरेको स्मरण गर्दै उनी स्तब्ध भए ।

    ”सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ ।” उनले सामाजिक संजाल मार्फत आफू दु:खी भएको भनेका हुन् ।

    “हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।” उनले लेखेका छन् ।

    थापाको निधनले पूर्व मन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेत पनि मर्माहत भएका छन् । मृतक थापा नेता बस्नेतका छिमेकी पनि हुन् । एक असल छिमेकी र राम्रो युवा गुण्डुले गुमाउनु पुगेको प्रति उनले शोक ब्यक्त गरेका छन् ।

    थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा पोस्टमार्टम पछि पशुपति स्थित आर्यघाट पुर्याई अन्तिम सस्कार समेत सम्पन्न गरिएको छ । आर्यघाट पुगी पूर्व मन्त्री महेश बस्नेत, सशस्त्र प्रहरी बलका महानिरीक्षक लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    उमेश थापाको असामयिक निधनले सिङ्गो गुण्डु शोकाकुल बनेको युवा नेता दिनेश थापाले बताए । ह्दयघातका कारण उमेशको निधन भएको दिनेशले जानकारी दिए ।

    पारिवारिक श्रोतले जनाए अनुसार मृतक उमेशमा मुटु रोग प्रमाणित नभए पनि केही महिना अघि छाती दुख्यो भन्दै गङ्गालाल ह्दयरोग केन्द्र पनि पुगेका थिए । मुटु रोग नरहेको र ग्यास्ट्रीक मात्र भएको भन्दै सम्बन्धीत चिकित्सकले आश्वस्त पारेपछि उनी ढुक्क भएका बताइएको छ ।

    राती फुट्बल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी उमेश एक्लै सुत्न गएका र बिहान ५:३० बजे परिवारले अचेत अवस्थामा उमेशलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याएका पारिवारिक श्रोतले जनाएको छ । अस्पतालले करिब पौने ७ बजे उनलाई मृत घोषित गरिदिएको थियो ।

    मृतक उमेशका आमा बुवा, श्रीमती र १ छोरा छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...