News Portal

  • दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० असार २०८१
    ७७१ पटक
    mahesh basnet bhaktapur 2भक्तपुर, ३० असार २०८१

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मन्त्री बनाउन वा नबनाउन आफूहरुको कुनै हात नहुने बताएका छन् । भक्तपुर-२ मा सांसद थापासंग चुनावी पराजय भोगेका पूर्व सांसद बस्नेतले यो विषय नेपाली कांग्रेसको पार्टीगत निजी विषय भएको बताएका हुन् ।

    आइतवार भक्तपुरको सूर्यविनायकमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा के तपाइँ दुर्लभ थापालाई मन्त्री बनाउन लबिङ्ग गर्न सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उत्तर दिंदै नेता बस्नेतले भने,”दुर्लभ थापालाई मन्त्री बनाउने वा नबनाउने भन्ने निर्णय नेपाली कांग्रेसले गर्ने हो ।” सो अवसरमा नेता बस्नेतले आफ्नो प्रतिष्पर्धा भने थापा संगै हुने खुलासा समेत गरे । ”सरकार नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बन्दैमा आन्तरिक प्रतिष्पर्धा नहुने होइन, भक्तपुरमा हाम्रो प्रतिष्पर्धा नेपाली कांग्रेससंग नै हो ।” उनले भने । यद्यपी यस पटक दुर्लभ थापा मन्त्री बने भने आफूलाई खुशी नै लाग्ने उनको भनाइ छ । नेमकिपाका सांसद मन्त्री बन्न नसक्दा भक्तपुर पछि परेको उनले सुनाए ।

    साक्षात्कार कार्यक्रममा नेता बस्नेतले आफू उद्योग मन्त्री भएपछि मात्र भक्तपुर सिंहदरवार संग जोडिएको जिकिर गरे । नेमकिपा र नेपाली कांग्रेसले आलोपालो जित्दै गर्दा भक्तपुर हरेक क्षेत्रमा पछाडी परेको तथ्यांक प्रस्तुत गर्दै नेता बस्नेतले आफू र आफ्नो पार्टीले आधुनिक भक्तपुरको नेतृत्व गरेको दावी गरे । आफू मन्त्री र सांसद हुँदा बिकासको बाढी नै ल्याएको भन्दै उनले सांसद थापाले केही गर्न नसकेका गुनासो गरे । ” हामी हुँदा करौडौंका दर्जनौं योजनासहितका बजेट भक्तपुरमा आउथ्यो, अहिले सीमित बजेट त्यो पनि लाखमा मात्र आएको छ ।” उनले बताए ।

    नेमकिपा र कांग्रेसका सांसदले विकास निर्माण आफूहरुको काम होइन भन्दा भक्तपुरमा विकासको गति कम भएको उनको भनाइ छ । आफूले हनुमन्ते करिडोर बनाउन २ अर्व बजेट बिनियोजन गरेको तर नेमकिपा र काँग्रेसका कारण त्यो हुन नसकेको उनले आरोप लगाए । नेता बस्नेतले हनुमन्तेले डुबाएको समाचार सस्प्रेशन गर्दा नेमकिपाका कारण भक्तपुर नगर क्षेत्र र नेपाली कांग्रेसको कारण मध्यपुर थिमीको सागबारी क्षेत्र मात्र डुबानमा परेका र अन्य क्षेत्रमा डुबान नभएको जानकारी गराउनपर्ने सुझाव समेत दिए ।

    राजनीतिमा प्रतिष्पर्धा र विकासमा एकता हुनुपर्ने आफूले नारा नै दिएको तर, सो अनुरुप आफूलाई भने अन्य राजनीतिक दल र तीनका नेताले साथ् नदिएका उनले दुखेसो पोखेका छन् । आफू र आफ्नो दलले भने विकासमा अघि बढ्न खोज्ने सबैलाई साथ् र सहयोग गर्ने उनले बताएका छन् ।

    आफूले बालेन र रवि लामिछाने प्रबृत्तिको शुरु देखि नै बिरोध गरेको बताउदै नेता बस्नेतले यतिबेला आफ्नो कुरा सही पुष्टि भएको पनि प्रष्ट पारे । आफूलाई धेरैले नेमकिपा, बालेन र रविहरुको बिरोध नगर्न सुझाएका भन्दै उनले आफू भीडको पछि कुद्ने मानिस नभएको बताए । सत्य बोलेर जनमत घट्छ र चुनावमा पराजय भोग्न पर्छ भने पटकपटक हार व्यहोर्न तयार रहेको तर, सत्य र न्यायको कुरा गर्न नछोड्ने उनले बताएका छन् ।” भीडको पछि लाग्ने भए उतीबेलै नेकपा एमाले नभई काँग्रेस वा नेमकिपामा बसिन्थ्यो, कम्युनिष्ट पार्टी रोजेपछि सहि आलोचना गर्न सक्नुपर्छ ।” उनले भने ।

    भुटानी शरणार्थी र गिरिबन्धु टि प्रकरण ढाकछोप गर्न कांग्रेस एमाले मिलेर सरकार गठन गरेको आरोप खण्डन गर्दै नेता बस्नेतले यो आधारहीन आरोप भएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा नढलेको सरकार बेचन झा पक्राउ पर्दा ढल्यो भन्नु नै बेकारको कुरा भएको उनको भनाइ छ ।

    उनले राजनीतिक स्थिरताका लागि एमाले कांग्रेसको सरकार बनेको बताउँदै दुई दलबीचको सहमती उचित समयमा सार्वजनिक हुने बताएका छन् । ”बच्चा जन्मने बित्तिकै नाम राख्ने काम नभए जस्तै सहमती पनि समय आएपछि आफैं बाहिर आउँछ ।” उनले भने ।

    नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आफ्नै राष्ट्रिय अन्तराष्ट्रिय व्यक्तित्व रहेकाले उनले सरकार गुम्दैमा हतोत्सायी हुनु नहुने बताए । माओवादी केन्द्रलाई पनि सरकारमा सामेल गरेर राष्ट्रिय सहमतीको सरकार बनाउन प्रयत्न हुने उनले बिश्वास व्यक्त गरेका छन् । त्यसो हुन नसकेमा प्रचण्ड जस्तो प्रभावशाली नेताले प्रमुख प्रतिपक्षको ससक्त भूमिका निभाएर सरकारलाई रचनात्मक सहयोग र खबरदारी गर्न सके पनि देशलाई अघि बढ्न मद्दतै मिल्ने उनको बुझाइ रहेको बताएका छन् ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रमको संचालन उपाध्यक्ष दीपेन्द्रराज खत्रीले गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति लगायत २ दर्जन पत्रकारको सक्रिय सहभागिता रहेको सोसाइटीका महासचिव केशव लुइँटेलले जानकारी गराएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...