News Portal

  • एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३१ असार २०८१
    २१२ पटक
    भक्तपुर, ३१ असार २०८१

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित भइ जिपिए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी र उत्कृष्ट नतिजासहित उतीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने ईमेज स्कुल, यूनिटी स्कुल, सरस्वती शिक्षा सदन स्कुल, ईडेन गार्डेन स्कुल र आरक्षण नेसनल स्कुललाई बधाईका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    सो अवसरमा एसईई २ ०८० को समग्र औसत नतिजा भन्दा बढी उत्तीर्ण गराउन सफल विद्यालय क्वालिटी स्कुल, साइनिगं स्कुल, डेमोस स्कुल, मदरल्याण्ड स्कुल, ग्लीटर फ्युचर स्कुल, विमल मेमोरियल स्कुल, पारीजात विद्याकुन्ज स्कुल, क्रियटिभ स्कुल, सेन्ट जोन स्कुल, सेकरिट हार्ट स्कुल, रुबी भ्याली स्कुल र हिमशिखर स्कुललाई समेत बधाई व्यक्त गर्दै उत्कृष्ट नतिजाको लागि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    साथै सदस्य विद्यालय यूनिटी स्कुलका आशिष थापा क्षत्रीले एसईईमा ४ जिपिए ल्याउन सफल भएकोमा बधाई एवं सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

    यसै गरी नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमध्ये कक्षा ८ को आधारभूत तह (बिएलई) मा उत्कृष्ट जिपिए ल्याउने मदरल्याण्ड स्कुल, ईडेन गार्डेन स्कुल, डेमोस स्कुल, विमल मेमोरियल स्कुल, सेन्ट जोन स्कुल र यूनिटी स्कुलका १२ जना विद्यार्थीहरु र स्कुललाई प्रशंसा पत्र एवं अभिन्नदन गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका परीक्षा नियन्त्रक पौडेलले विद्यार्थीहरुलाई आफूले सक्ने विषय छानेर कक्षा ११ मा पढ्न आग्रह गरे । अरुको दबाब, प्रभाव र लहैलहैमा लागेर बिषय छान्नु नहुने उनले बताए । नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीलाई बधाई तथा अभिन्नदन संगै दिशानिर्देश समेत गरेको प्रति उनले सन्तोष व्यक्त गरेका छन् ।

    नेसनल प्याब्सनका जिल्ला अध्यक्ष संजय खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न बहादूर कटवाल, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश अर्याल त्यसैगरी नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ लगायतले विद्यालय शिक्षाको अवस्था र सुधारका बाटोबारे बताएका थिए ।

    नेसनल प्याव्सन भक्तपुरका सचिव कुमार थापाले संचालन गरेको उक्त कार्यक्रम सूर्यविनायकस्थित योयो बैँक्वेटमा सम्पन्न भएको थियो भने सो कार्यक्रमको संयोजन मिड भ्याली कलेज नयाँ थिमिले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...