News Portal

  • इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ साउन २०८१
    ५२८ पटक
    भक्तपुर, ४ साउन २०८१

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो ।

    भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचारका क्रममा ज्यान गएको थियो । अस्पतालले काठमाडौंको एक निजी अस्पतालमा रिफर गरी पुन इवामुरामै फर्काएर उपचार गरेको थियो । इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्याई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको भन्दै  आफन्त आन्दोलित थिए  ।

    दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पिडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन डा इवामुरा स्मृती अस्पताल मन्जुर भएपछि सहमति भएको भनिएपनि त्यो कुरा गुपचुप पारिएको छ । सहमतिपछि परिवारले शव बुझेको थियो ।

    केही समय अघि इन्डाेस्काेपी गर्न आफै हिडेर इवामुरा मेमोरियल अस्पताल पुगेका भक्तपुर ७ का ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुकाे पनि अस्पतालकाे लापर्वाही र चिकित्सककाे हेलचक्रयाइँपूर्ण इन्डाेस्काेपीका कारण मुटुमा क्षति पुग्न गई नर्भिक अस्पतालमा ज्यान गएको थियो । त्यतिबेला नर्भिकका लाग्ने सम्पूर्ण खर्च इवामुराले ब्योहोर्ने सहमति गरिएको थियो तर, बिरामीको ज्यान भने बचाउन सकिएको थिएन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...