News Portal

  • आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ साउन २०८१
    ४४० पटक
    bidaभक्तपुर, ११ साउन २०८१

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ । काठमाडौ उपत्यका मेयर्स फोरमले सो निर्णय गरेको हो ।

    उपत्यका भित्रको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनमा आइतबार शोक बिदा दिने निर्णय गरिएको  काठमाडौं उपत्यका मेयर्स फोरमले बिज्ञप्तीमार्फत बताएको छ । भक्तपुर, ललितपुर र काठमाडौका स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको फोरमका अध्यक्ष चिरिबाबु महर्जनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गएराती निधन भएको थियो । ६० वर्षिय नकर्मी  नेपाली काङ्ग्रेस काठमाडौका उपसभापति समेत थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...