News Portal

  • सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ साउन २०८१
    ७२६ पटक
    भक्तपुर, ११ साउन २०८१

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार साँझ सुडालको आरुवारी रञ्‍जितकार टोलमा एभोकाड़ोको विरुवा वितरण गरिएको हो ।

    आरुवारी रञ्‍जितकार टोल विकास संस्थाले एभोकाड़ोको विरुवा माग गरेकाले सो क्षेत्रमा विरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । आरुवारी रञ्‍जितकार टोलमा ४ सय विरुवा वितरण गरिएको सुडालका स्थानीय समेत रहेका अभियन्ता मदन श्रेष्ठले बताएका छन् । यस अघि असारमा सुडालकै सरस्वती स्थानमा पनि विरुवा वितरण गरिएको अभियन्ता श्रेष्ठले बताए ।

    विरुवा वितरण कार्यक्रममा आरुवारी रञ्‍जितकार टोल विकास संस्थाका अध्यक्ष केशर श्रेष्ठले आफूहरुको माग बमोजिम विरुवा उपलब्ध गराएकोमा आभार प्रकट गरे । सामुहिक हितका लागि घामपानी नभनी अभियन्ताहरु हिडीरहेको देख्दा अभियान प्रति माया र श्रद्धा उत्पन्न भएको उनको भनाइ छ ।

    अभियानका मूख्य अभियन्ता दिनेश खनालले चाँगुनारायणको सम्पदा र संस्कृतीलाई समेत जोडेर उपत्यका सम्पदा परिपथ निर्माणमा अभियानका परिकल्पनाकार डिपी ढकालले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका सल्लाहकार रहँदा योगदान गरेको स्मरण गर्दै चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानले पनि चाँगुनारायणको पर्यावरण रक्षा र आय आर्जन वृद्धि गर्न मद्दत गर्ने दावी गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका परिकल्पनाकार डिपी ढकालले आफूहरुको अभियान सबैको साझा अभियान भएको बताए । ‘एक घर, दुई एभोकाडो’ को उदेश्य सहित शुरु भएको आफूहरुको अभियानलाई सबैले सहयोग गरिरहेको प्रति उनले सन्तोष व्यक्त गरेका छन् । जुन दिन एभोकाड़ो फल्नेछ, त्यो दिन मात्र आफूहरुको अभियानले सार्थकता पाउने भन्दै उनले अभियन्ताहरुलाई निरन्तर सक्रिय रहन र समाजको हितका लागि लागिरहन प्रेरित पनि गरेका छन् ।

    सो अवसरमा अभियन्ताहरु चण्डिका लामिछाने, नवराज काफ्ले, रामकुमार बुढाथोकी, सरराज उप्रेती, लक्ष्मण दुलाल, मदन ढुंगाना,अमृता संजेल, सोनिया ठकुरी, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...