News Portal

  • बागमतीको स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस छैन : मन्त्री थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ साउन २०८१
    ४४५ पटक
    भक्तपुर, १२ साउन २०८१

    भक्तपुर-२ (क) का बागमती प्रदेश सभा सदस्य समेत रहेका बागमती प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस नरहने उद्घोष गरेका छन् । शनिवार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा उनले सो उद्घोष गरेका हुन् ।

    केही अस्पतालमा कर्मचारी र बिचौलिया खेलोफ़ड्कोमा लागेका आफूलाई सूचना आएको खुलासा गर्दै मन्त्री थापाले आफ्नो कार्यकालमा उनीहरुलाई सचेत गराउनेदेखि कारवाही गर्नेसम्मको चेतावनी दिएका छन् ।

    मन्त्री थापाले मन्त्री पद आफ्नो अन्तिम लक्ष नभएको र आफूलाई अझै बिशौं वर्ष राजनीतिमा रहनु पर्ने प्रष्ट पार्दै कुनै नराम्रो काम नगर्ने प्रतिवद्धता प्रकट गरे । ”मन्त्री भएर भक्तपुरको शीर झुक्न दिनेछैन, आफ्नो बुद्धिविवेक र क्षमताले भ्याएसम्म राम्रो काम गर्छु ।” उनले भने । मन्त्री भएर फर्कदाँ कुनै पनि दाग वा छिटा लाग्न नदिने उनको भनाइ छ ।

    बागमती प्रदेशकै उत्कृष्ट घोषणा भएको भक्तपुर अस्पताललाई थप व्यवस्थित बनाउने र सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्ने उनले संकल्प प्रस्तुत गरेका छन् । त्यसैगरी भक्तपुरमा रहेका सरकारी र निजी गरी सत्रवटै अस्पतालको विकासमा आफ्नो कार्यकाल स्वर्णकाल हुने उनको दावी छ ।

    मन्त्री थापाले संघीय सरकार मातहत रहेको भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको स्थानान्तरण र भवन निर्माणमा पनि आफूले समन्वय गर्ने बताएका छन् ।

    आफूले १३ वटै जिल्ला र त्यहाँका जनताको स्वास्थ सेवामा पहुँच वृद्धि गर्ने उनले बताए । भक्तपुरलाई अलिकति बढी माया त होला ! तर, नीतिगत रुपमा सबै जिल्लाप्रति आफू इमान्दार, उत्तरदायी र जवाफदेही भएर अघि बढ्ने उनले बिश्वास दिलाएका छन् ।

    प्रदेशका सबै जिल्लास्थित प्रादेशिक अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रप्रति आफूले उत्तिकै अभिभावकत्व प्रदान गर्ने उनले प्रष्ट पारेका छन् । ”सबै अस्पतालका मेसुलाई बोलाएर समस्या र सम्भावनाको खोजी गरि जतिसक्दो छिटो सुधारका कार्यहरु शुरु गर्छु ।” उनले भने ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...