News Portal

  • ओलीनिकट बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी, १ मा मिश्र र २ मा भट्टराई

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ साउन २०८१
    ५९५ पटक
    भक्तपुर, १७ साउन २०८१

    सत्तारुढ दल नेकपा(एमाले)ले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी बाडफाड गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो ।

    युवा संघको इञ्चार्ज रहेका नेता बस्नेतलाई अध्यक्ष केपी शर्मा ओलीको इण्टेरेस्टमा भक्तपुर इञ्चार्जको जिम्मेवारी थमाइएको एमाले श्रोतले जनाएको छ । यसअघि भक्तपुर जिल्ला इञ्चार्ज रहेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई भने निर्वाचन क्षेत्र नम्बर १ को इञ्जार्जमा खुम्च्याइएको छ ।

    भक्तपुरको नेतृत्व सर्वसम्मत गर्न निर्देशन दिएपनि चुनाव गरेपछि अध्यक्ष ओली भक्तपुरको नेतृत्वसंग असन्तुष्ट रहदै आएका थिए । भक्तपुरको पदाधिकारीमा अध्यक्ष ओली निकट उपाध्यक्ष  र महिला उप सचिव मात्र निर्वाचित भएपछि उनको असन्तुष्टि बढेको बताइन्छ । माधव नेपाल पक्ष भनेर चिनिएका सोमप्रसाद मिश्र पार्टी विभाजनपछि एमालेमै रहेपनि अध्यक्ष ओलीको बिश्वास जित्न भने असफल भएका छन् । जिल्ला इञ्चार्जको जिम्मेवारीबाट निर्वाचन क्षेत्रमा खुम्च्याइएपछि सोकुरा सावित भएको छ । मिश्र चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर समेत हुन् ।

    त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्जमा भने केन्द्रीय सदस्य निर्मल कुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई जिल्लामा महेश बस्नेतसंग नभएपनि केन्द्रमा अध्यक्ष ओलीकै क्याम्पमा छन् ।

    खासगरी ओलीका सल्लाहकार समेत रहेका प्रभावशाली नेता बिष्णु रिमालसंग भट्टराईको निकटता रहेको बताइन्छ । उनी गरिबी निवारण कोषका पूर्व उपाध्यक्ष समेत हुन् ।

    नेकपा(एमाले)को नवनिर्वाचित जिल्ला कार्यसमितिमा भने यी तीनै नेता बस्नेत, मिश्र र भट्टराईको बर्चश्व कम रहेको छ । तीनै नेताको प्यानलमा रहेका  अध्यक्ष प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गर्दै बचन देउजा भक्तपुर जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । यद्यपी, प्रभावका हिसाबले हेर्दा भने तीनैजना नेता प्रभावशाली मानिन्छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...