News Portal

  • नागरिक पहलमा चाँगुनारायणमा १६ हजार एभोकाडो,प्रदेश सरकारले सहयोगगर्ने मन्त्रीको प्रतिवद्धता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ साउन २०८१
    ९४९ पटक
    changunarayan city avocardo city @ changuभक्तपुर, १९ साउन २०८१

    भक्तपुरको चाँगुनारायण नगर क्षेत्रलाई बहुगुणी फल एभोकाड़ोयुक्त बनाउने नागरिक अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले १६ हजार ३ सय बोट एभोकाडो वितरण र रोपण कार्य सम्पन्न गरेको छ । नागरिक स्तरमा संचालित ३ वर्षे यस अभियानले २ वर्षमै यति ठुलो उपलब्धी हासिल गरेको हो ।

    दोश्रो वर्षको कार्यक्रम समापनको अवसरमा शनिवार चाँगुनारायण-४ न्याचापौवामा आयोजित कार्यक्रममा यस अभियानका परिकल्पनाकार एवं संरक्षक डिपी ढकालले गत वर्ष ६ हजार र यो वर्ष १० हजार ३ सय गरी कुल १६ हजार ३ सय बोट एभोकाडोको बिरुवा रोपिएको जानकारी गराएका हुन् ।

    अर्थशास्त्रका विज्ञसमेत रहेका अभियानका परिकल्पनाकार ढकालले एक घर दुई एभोकाड़ोको लक्ष्य अनुसार चाँगुनारायण नगरका ८ हजार १ सय ५० घरमा एभोकाड़ोको दुई-दुई बोट  रोपिएका जानकारी गराए । अर्को वर्षभित्र बाँकी रहेका प्रत्येक घरमा एभोकाड़ोको दुई बोट पुर्याइने उनले प्रष्ट पारेका छन्  ।

    सो कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले  स्वास्थ्यको दृष्टिले पनि एभोकाड़ो अभियान प्रशंसनीय रहेको बताए । बस्ती बिकास संगै हरियाली नासिंदै गएको प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य मन्त्री थापाले चाँगुनारायण क्षेत्रको हरियाली प्रवर्द्धन र आय आर्जनको लागि एक घर दुई एभोकाड़ो अभियान उपलब्धीमुलक रहेको उल्लेख गरेका छन् ।

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानको अपनत्व नगरपालिकाले लिनुपर्ने र नक्सा सम्पन्न लिंदा दुई बोट एभोकाड़ो देखाउनुपर्ने प्रावधान राख्नपर्ने सुझाव दिंदै मन्त्री थापाले आफ्नो प्रदेश सरकारका तर्फबाट पनि यो अभियानका लागि सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । ”चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानलाई प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न पहल गर्छु ।” उनले भने ।

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानबारे प्रतिक्रिया दिंदै बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना र संविधान सभा सदस्य उमा कपालीले सरकारले गर्नुपर्ने काम नागरिक तहबाट भएको भन्दै सन्तोष व्यक्त गरेकी छन् भने बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं चाँगुनारायणका नेता कृष्णलाल भडेलले यस अभियानले चाँगुनारायणलाई स्वच्छ, सुन्दर, हराभरा र समृद्ध नगर बनाउने बिश्वास व्यक्त गरेका छन् ।

    अभियानका संयोजक नरेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अभियन्ता रामकुमार तामाङ्गले गरेका थिए भने अर्का अभियन्ता दिनेश खनालले सहभागीलाई स्वागत गरेका थिए ।

    सो अवसरमा  चाँगुनारायण-४ का वडाध्यक्ष रोजबहादुर तामांग, चाँगुनारायणकी पूर्व उपमेयर विणा बास्तोला  नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिस बासु, नेकपा एमालेका नेता मोहनवीर श्रेष्ठ, वन महासंघकी महासचिव रमिला कार्कीले, पूर्व वडाध्यक्ष श्यामलाल महर्जन, चाँगुनारायण-झौखेल-दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रधुम्न पोखरेल लगायतको समेत आतिथ्यता रहेको थियो ।

    अभियन्ताहरु चण्डिका लामिछाने, बिनोद गौतम, गोविन्द नेपाल, अमृता संजेल, सरराज उप्रेती, लक्ष्मण दुलाल, कृष्णजी दाहाल, राधिका वन, मदन ढुंगाना,राजेश्वरी श्रेष्ठ, प्रयास लामा, धर्मराज थिङ्ग, विना न्याइच्याई,  विकास लाखे, गीता स्थापित, सोनिया ठकुरी, सुरज खड्का, शान्ति खड्का, मदन श्रेष्ठ,  राजेश नेपाल, चण्डिका पाण्डे,  नवराज काफ्ले, रामकुमार बुढाथोकी, रुकु फुयाल, राजकुमार वन, होमनाथ लामिछाने, सुनिल दाहाल, हरिशरण लामिछाने, श्याम लिगल, हरिकृष्ण त्यात, हरिशरण तिमल्सिना, कृष्ण मुरारी दाहाल, लक्ष्मण बोगटी, शैलेन्द्र बोगटी, कृष्ण घिमिरे, बिदुर उप्रेती,लाल किरण गौतम लगायतले विरुवा वितरण, रोपण र कार्यक्रम व्यवस्थापन गरेका थिए ।

    दोश्रो वर्षको कार्यक्रम समापनको अवसरमा उपस्थित स्थानीयलाई एभोकाड़ोको दुई बोट वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...