News Portal

  • भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना, ७ जना घाइते

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ साउन २०८१
    ३४६९ पटक
    भक्तपुर, २१ साउन २०८१

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार बिहान सवा ७ बजेको समयमा डा इवामुरा स्मृति अस्पताल नजिकै बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् ।

    दुधपाटीबाट सल्लाघारी तर्फ आउदै गर्दा बा ३ ख ९३२५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले पुष्टि गरेको छ । तीब्र गतिका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शीले भक्तपुर पोस्टलाई बताएका छन् । अनियन्त्रित भएको बस सडक छेउको रेलिङमा ठाोक्किएको थियो ।

    घाइते ६ जनाको डा इवामुरा स्मृति अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ । एक जनालाई मध्यपुर थिमि अस्पतालमा रिफर गरि पठाइएको बताइएको छ ।

    चालक नगरकोटका २६ वर्षीय मनिष तामाङ प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका र आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...