News Portal

  • भक्तपुरमा रास्वपाको ‘क्लोज क्याम्प’ सम्पन्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ साउन २०८१
    ४६६ पटक
    भक्तपुर, २५ साउन २०८१

    राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो ।

    पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको प्रदेश अध्यक्ष डा अच्युतम लामिछानेले बताएका छन् । सो कार्यशालामा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका जिल्ला सभापति र प्रदेश भित्र रहेका नगर सभापतिसहितका प्रतिनिधिहरु सहभागी रहेका अध्यक्ष लामिछानेले जानकारी गराए । कार्यशालामा करिब ३ सय प्रतिनिधि सहभागी रहेका थिए ।

    रास्वपालाई राजनीतिक, वैचारिक एवं सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागिएको र त्यसका लागि भक्तपुरमा सम्पन्न कार्यशाला प्रभावकारी भएको विधान संशोधन कार्यदलकी सदस्य एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले जानकारी गराइन ।

    ‘क्लोज क्याम्प’ समापन सहारोहलाई शुक्रवार लिवालीमा सम्बोधन गर्दै रास्वपाका केन्द्रीय उपसभापति डिपी अर्यालले  पार्टी सभापति रवि लामिछाने बिरुद्ध फ़ैलाइएका भ्रमहरुको प्रतिरोध गर्न निर्देशन दिए । सहकारीका बारेमा केहीपनि बुझ्दै नबुझेका र कुनै सहकारीको संचालक समेत नरहेका आफ्ना सभापतिले जीवनमै जम्मा २ वटा सहकारीमा खाता खोलेका भएपनि उनैलाई सहकारी ठग प्रमाणित गर्न खोजिनु पार्टी माथिकै प्रहार भएको उनको भनाइ छ ।

    नेतृत्वबाट कमजोरी हुन सक्ने तर गलत काम नहुने जिकिर गर्दै पूर्व मन्त्री समेत रहेका उपसभापति अर्यालले नेतृत्वप्रति अविश्वास नगर्न आग्रह गरे । पार्टीले सरकारमा रहेर गरेका राम्रा कामहरुको प्रचार गर्न पनि उनले निर्देशन दिएका छन् । सो अवसरमा उनले प्रतिनिधिहरुले उठाएका बिबिध प्रश्नहरुको जवाफ दिएका थिए ।

    कार्यशालापछि पत्रकारसंग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका उपसभापति अर्यालले मिडियाले सकारात्मक संदेश प्रवाह नगरेको गुनासो गरे । आफ्नो पार्टीले देश र जनतामा सकारात्मक आशाको संचार गराएको जिकिर गर्दै उनले संचार माध्यमले त्यसलाई उचित स्थान नदिएको बताए ।

    सुधार र सुशासनको पक्षमा रास्वपाले गरेका काम सहन नसकी सरकार ढालिएको बारे जनता जानकार रहेका र विरोधीले जति भ्रम फ़ैलाएपनि रास्वपा माथि जनताको बिश्वास अझ बढेको उनले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...