News Portal

  • दुधपाटीमा नगरपालिकाको पार्किङ्गस्थल, सवारीसाधनले छपक्कै हुने अस्पताल रोड सुनसान

    राजेशमान मानन्धर भक्तपुर, २७ साउन २०८१
    ९७७ पटक
    भक्तपुर, २७ साउन २०८१

    भक्तपुर-१ दुधपाटीस्थित सिद्धपोखरीसंगै व्यवस्थित पार्किङ्गस्थल बनेपछि आन्तरिक पर्यटक र अस्पतालका सेवाग्राहीले राहत पाएका छन् । भक्तपुर नगरपालिकाले दुधपाटीमा पार्किङ्गस्थलको व्यवस्था गरेपछि उनीहरुलाई राहत मिलेको हो ।

    यस अघि सवारी साधनले छपक्कै हुने अस्पताल रोड यतिबेला सुनसान जस्तै देखिन्छ । यो सबै पार्किङ्गस्थलकै कारण सम्भव भएको स्थानीयले बताएका छन् । यस अघि सो क्षेत्रमा सडकमा मात्र नभई पेटीमा समेत मानिस नै हिड्न असहज हुनेगरी सवारी साधन पार्किङ्ग हुने गर्दथ्यो । पसल कवल छेक्नेगरी रोकिराख्ने सवारीसाधन पार्किङ्गस्थल प्रवेश गर्न थालेपछि स्थानीय व्यवसायी समेत सन्तुष्ट बनेका छन् ।

    पार्किङ्गस्थलका कारण यो क्षेत्रमा ट्राफिक जामको समस्या टरेको भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्री बताउँछन् । बिहान ६ बजेदेखि बेलुकी ७:३० बजे सम्म हेरालु राखी नगरपालिकाले पार्किङ्ग स्थलमा राखिएका सवारी साधनको सुरक्षा गरिरहेको उनले जानकारी गराए ।

    पार्किङ्गको व्यवस्थाले जथाभावी पार्किङ्ग मात्र नियन्त्रण भएको छैन, सवारीसाधन पनि सुरक्षित भएका छन् । ”नगरपालिकाकै पार्किङ्ग भएपछि सवारी पार्क गरी निश्चिन्त भएर घन्टौं घुम्न पाइएको छ ।” भक्तपुर घुम्न आएकी श्वेता गुरुङ्गले भनिन ।

    यो पार्किङ्गस्थलले विशेषगरी नजिकै रहेका ३ अस्पतालका सेवाग्राहीलाई समेत सजिलो भएको छ । साथै, अस्पतालले पनि पार्किङ्ग समस्या बाट राहत पाएका छन् । ”विशेषगरी घुम्नका लागि सवारी साधन अस्पताल परिसरमा पार्किङ्ग गर्ने प्रवित्ति रोकिएको छ भने कतिपय सेवाग्राही बाहिरै सवारी पार्किङ्ग गरी अस्पताल प्रवेश गर्दा भीड र कोलाहल कम भएको छ ।” भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले भनिन ।

    दुधपाटीस्थित पार्किङ्गस्थलमा औषतमा दैनिक ३ सय वटा दुई पाङ्ग्रे सवारी र ५० वटा चार पाङ्ग्रे सवारी पार्किङ्ग हुँदै आएका छन् । यसवापत नगरपालिकाले प्रति सवारी दुई पाङ्ग्रेका लागि रु १० र चार पाङ्ग्रेका लागि रु २५ शुल्क लिंदै आएको छ । यसबाट नगरपालिकाले करिब २ लाख मासिक आम्दानी गर्नुका साथै रोजगारी सिर्जना गर्न समेत सफल भएको देखिन्छ । नगरपालिकाले दैनिक ज्यालादारीमा हेरालुहरु राखेर रोजगारी सिर्जना गरेको हो ।

    मुख्य कुरा त के भने शुल्क लिएपछि नगरपालिकाले सवारीसाधन राख्न कुनै समय सीमा तोकेको छैन । आफ्नो काम नसकिएसम्म सोही शुल्कमा पार्किङ्ग गर्न पाइन्छ । न्यून शुल्कका कारण पनि प्रयोगकर्ताहरुको यस पार्किङ्गप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यस्थित ट्राफिक व्यवस्थापन गर्न नगरपालिकाले ठाउँठाउँमा पार्किङ्गको प्रवन्ध मिलाएको जानकारी गराउँदै यसले सवारीसाधनको सुरक्षा र नगरको सुन्दरता बढाएको बताए । साथै, ट्राफिक जाम हटाउन र सडक दुर्घटना न्यूनीकरण गर्न समेत यसले सहयोग पुर्याएको उनले बिश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...