News Portal

  • गठ्ठाघर दुर्घटना, संयमता अपनाउन सिडिओ श्रेष्ठको आग्रह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ साउन २०८१
    १०३८ पटक
    भक्तपुर, ३१ साउन २०८१

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै बिभत्सकिसिमले ज्यान गएपछि स्थानीय आक्रोशित भएका हुन् ।

    काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा दिउँसो करिब २ बजेको समयमा ठक्कर दिएको थियो । त्यसपछि पनि ट्रक चालकले जानीजानी घिसारेर स्कुटी चालकको ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन् । घटनास्थल राताम्मे छ भने स्थानीयको प्रदर्शनका कारण थप तनावग्रस्त बनेको छ ।

    चक्का मुनी किचिएको अवस्थामा रहेकी स्कुटी चालकको पहिचान हुन सकेको छैन ।शव निकाल्न ट्रक उठाउनुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालय भक्तपुरले क्रेन पठाएको छ । तर, प्रदर्शनकारीले क्रेनलाई अवरोध गर्दा शव पहिचान समेत हुन नसकेको सिडिओ रोशनीकुमारी श्रेष्ठले बताएकी छन् ।

    भक्तपुर पोस्ट संग कुरा गर्दै सिडिओ श्रेष्ठले संयमता अपनाउन सबैसंग आग्रह गरेकी छन् । दुर्घटनाका दोषीलाई  उन्मुक्ति नहुने प्रतिवद्धता प्रकट गर्दै उनले प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीय प्रदर्शनकारीसंग अनुरोध गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...