News Portal

  • गठ्ठाघर दुर्घटना : फरार ट्रक चालक सर्लाहीका सतेन्द्र समातिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ साउन २०८१
    ६७६ पटक
    भक्तपुर, ३१ साउन २०८१

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् ।

    घटना लगत्तै फरार ट्रक चालक श्रेष्ठले काठमाडौं प्रहरीमा आत्मसमर्पण गरेका पाइएको र उनलाई मिनभवनबाट प्रहरी वृत्त थिमिमा ल्याइएको भक्तपुर प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले ट्रक चालक पक्राउ परेका पुष्टि गरेका छन् । सुरक्षाको दृष्टिले दुर्घटना गराउने ट्रकलाई भने सशस्त्र प्रहरी गण नं. २ महाराजगन्ज काठमाडौं पुर्याइएको छ ।

    काठमाडौंबाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा बिहीवार दिउँसो करिब २ बजेको समयमा ठक्कर दिएको थियो । ठक्कर दिएपछि पनि स्कुटी चालकलाई जानीजानी घिसारेर ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन् । ट्राफिक चेक पोइन्टका कारण दुर्घटना भएको आरोप लगाउदै ट्राफिक प्रहरी माथि स्थानीय खनिएका छन् । स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र करिब ३ घण्टा तनावग्रस्त बनेको थियो ।

    उक्त सवारी दुर्घटनाको विषयलाई लिई स्थानीय तथा सडकमा हिडेका मानिसहरुको भीडले विरोध प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी बेद बिष्टको कमाण्डमा १ सय १८ जनाको प्रहरी टोली स्थिति नियन्त्रणमा लिन खटिएका थिए । त्यसैगरी, काठमाडौंस्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १ सय ३० जनाको थप टोली र सशस्त्र प्रहरीको १ सय २० जनाको प्रहरी टोली समेत घटनास्थलमा तैनाथ गरिएको थियो ।

    २२ राउण्ड अश्रुग्यास हवाई फायर गरी भीडलाई तितरबितर पारेपछि मात्र मृतक स्कुटी चालकको शव ट्रकको चक्काबाट बाहिर निकाल्न प्रहरीलाई सफलता मिलेको थियो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले संयमता अपनाउन र अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसंग आग्रह गरेकी थिइन् ।

    स्कुटी चालकको शव पोस्टमार्टमका लागि महाराजगंज स्थित शिक्षण अस्पताल पुर्याइएको छ । मृतक व्यक्तिको भने पहिचान खुल्न सकेको छैन । भक्तपुरपोस्टसंग कुरा गर्दै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अझै पनि मृतकको पहिचान खुल्न नसकेको बताएकी छन् । मृतकसंग पहिचान खुल्ने कुनै कागजात नभेटिएको उनले भक्तपुर पोस्टसंग भनिन् ।

    मृतक सवार बा४९प ८९४४ नम्बरको स्कुटरको ब्लु बुक रेकर्डमा सवारी धनी ओखलढुंगाका उत्तम कोइराला देखिएकाले अहिले प्रहरी उनको सम्पर्कमा पुग्न तल्लीन रहेको छ । कोइरालाको मोबाइल नम्बर स्वीच्ड अफ आइरहेको छ । उनीसंग सम्पर्क भएपछि यकिन पहिचान प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...