News Portal

  • सूर्यविनायकमा बिहीवार सार्वजनिक बिदा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ भदौ २०८१
    १२२४ पटक
    suryabinayak municipality katunjeभक्तपुर, ५ भदौ २०८१

    सूर्यविनायक नगरपालिकामा बिहीवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिका भरीका लागि भोलि सार्वजनिक बिदा हुने भएको हो ।

    सूर्यविनायक-८ स्थित प्रसिद्ध डाेलेश्वर महादेवको मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथकाे शिर घोषणा गरिएको दिनको अवसरमा बिदा घोषणा गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद नेपालले जानकारी दिए । डाेलेश्वरलाई केदारनाथकाे शिर घोषणा गरेको दिन भदौं ६ गते स्थानीय पर्व बिदा दिने कार्यपालिकाको निर्णय अनुसार बिदा हुने भएको उनको भनाइ छ ।

    बिहीवार अत्यावश्यक बाहेक नगरपालिकाका मातहतका सम्पूर्ण वडा कार्यालय, विद्यालय लगायत सबै संघसस्थाका सेवाहरु बन्द रहने सूचना अधिकारी नेपालले बताए ।

    बिहीवार डोलेश्वरको चारै ढाेका खुला गरिने र गर्भगृहमै प्रवेश गरी पुजाआराधना गर्न सकिने वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताएका छन् । सो दिन ३८ दिने श्रावणी मेलाको समापन कार्यक्रमसमेत हुने बताइएको छ ।

    बिहीवार दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा डोलेश्वरमा विशेष कार्यक्रम रहेको उनको सचिवालयकी सुमित्रा थापाले जनाएकी छन् ।

    बि.सं. २०६६ साल भदौं ६ गते डाेलेश्वरलाई केदारनाथकाे शिर घोषणा गरिएको थियो । बिगत ३ वर्षदेखि सो दिन नगरपालिकाले स्थानीय पर्व बिदा दिंदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...