News Portal

  • भक्तपुरमा टिपरले लियो साइकल यात्रीको ज्यान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ भदौ २०८१
    ३०५७ पटक
    भक्तपुर, ७ भदौ २०८१

    भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा भनपा-८ च्यामासिंहका ६५ वर्षीय आशानाराँ कोजू रहेका छन् ।

    शुक्रवार दिउँसो करिब १ बजेको समयमा भनपा-९ तुमचाे दुगुरे सडकखण्डमा भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ४९३१ नम्बरको टिप्परले सोही दिशा तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

    कोजूलाई ख्वप: अस्पतालले करिब साढे १ बजे मृत घोषणा गरेको थियो । टिपर चालक सिन्धुपाल्चोक मेलम्ची- ९ भई हाल भनपामै अस्थायी बसाेबास गर्ने बर्ष ३३ को अमीर तामाङ प्रहरी बृत्त जगातीको नियन्त्रणमा रहेका छन् ।

    थप अनुसन्धान भैरहेको बृत्त प्रमुख डिएसपी दिप्ती कार्कीले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...