News Portal

  • सुनकोसीमा जीप खस्दा चालक भक्तपुरका बकेसहित उनका दुई साथीहरु बेपत्ता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ भदौ २०८१
    ३२६३ पटक
    भक्तपुर, ८ भदौ २०८१

    सिन्धुलीको सुनकोसीमा इसुजु जीप खस्दा चालक भक्तपुरका अविन बकेसहित उनका दुई साथीहरु बेपत्ता भएका छन् । एकजना भने पौडेर बाहिर निस्कन सफल भएका छन् ।

    सिन्धुलीका सहायक सिडिओ एवं सूचना अधिकारी कृष्णमणि फुयाँलले चालक भक्तपुरकै भएका पुष्टि गरेका हुन् । उनले भक्तपुर पोष्टलाई दिएको जानकारी अनुसार चालक सूर्यविनायक- ४ का अविन बके रहेको पुष्टि भएको छ ।

    बके आफ्ना ३ साथीहरु सहित खोटाङको हलेसी मन्दिर दर्शन गरेर फर्किने क्रममा साँझ सुनकोशीमा खसेका थिए ।

    गोलञ्जर गाउँपालिका- १ कुडुलेमा जीप खस्दा चालक बकेसहित प्रनित सायँजू र बलराम घटुब बेपत्ता भएका छन् भने सुशान्त कक्षपति पौडिएर निस्किएका सहायक सिडिओ फुयाँलले जानकारी दिए । उनलाई उपचारका लागि खुर्कोट पठाइएको बताइएको छ ।

    समाचार तयार पार्दा सम्म बेपत्ताहरु फेला परेका छैनन । जीप फेला परेको र सशस्त्रका गोताखोरहरुले नदी बाहिर ल्याउन प्रयास गरिरहेका सहायक सिडिओ फुयाँलले जनाएका छन् । फुयाँल घटनास्थलमै रहेका छन् । उनले चालक बकेका परिवार सम्पर्कमा आएका समेत जानकारी गराए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको सहायक सिडिओ फुयाँलले जनाएका छन् ।

    सच्याइएको : जीपको ब्राण्डनाम अन्यथा भएकोले सच्याइएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...