News Portal

  • कर्मचारीले फाइल लुकाउने जिसस प्रमुखको खुलासा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ भदौ २०८१
    ४०४ पटक
    भक्तपुर, ९ भदौ २०८१

    जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले कर्मचारीहरुले गैर सरकारी संस्था (गैसस)को फाइल लुकाउने गरेका खुलासा गरेका छन् । प्राकृतिक श्रोत द्धन्द्ध व्यवस्थापन केन्द्र नेपालले आयोजना गरेको जिल्ला समन्वय एवं सल्लाहकार समितिको बैठकमा आइतवार थापाले सो खुलासा गरेका हुन् ।

    ”गैससले कार्यक्रम स्विकृतिका लागि पेश गरेका फाइल कर्मचारीले लुकाउने गरेका छन् ।” उनले भने ।

    उनले गैससले जिल्लामा सञ्चालन गर्ने कार्यक्रम जिससबाट स्विकृत गराउनुपर्ने कानूनी व्यवस्था भएपनि केही संस्थाले मात्र स्विकृती लिने गरेको तर, ठूला र धेरै बजेट भएका कार्यक्रमहरु स्विकृतीका लागि नआउने गरेका गुनासो गरे ।

    ” केही साना कार्यक्रमको अनुमतिका लागि आवेदन आएपनि ठूला र धेरै बजेट भएका कार्यक्रमको आवेदन आउँदैन । कर्मचारीले लुकाउँछन की, तलैबाट मिलाएर लैजान्छन मलाई थाहा छैन ।” जिसस प्रमुख थापाले भने ।

    स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले जिससलाई नटेर्ने गरेका उनको भनाइ छ । व्यंग्यगर्दै उनले भने, ”ठूला ठूला काम गरिरहेको होला ! उहाँहरु बोलाएको बेला आउनु हुन्न र आएपनि कार्यक्रममा बस्न भ्याउनुहुन्न ।”

    स्थानीय तहको न्यायीक समितिलाई १९ विषयका मुद्दा हेर्न पाउने व्यवस्था भएकोले विवाद सुल्झाउन उनले सुझाव दिए । ”विवाद सुझाउने काम गर्नुस, बल्झाउने काम नगर्नुस ।” उनले भने । स्थानीय स्तरमा मेलमिलापकर्ताहरुको आवश्यकता र महत्व माथि प्रकाश पार्दै प्रमुख थापाले द्धन्द्ध व्यवस्थापनमा सहजकर्ता परिचालनमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले द्धन्द्ध व्यवस्थापनमा लामो समय लिँदा पिडित झन पिडित बन्नेसक्ने तर्फ सचेत गराउदै द्धन्द्ध व्यवस्थापन प्रणालीलाई छिटो र छरिटो बनाउन सुझाव दिए ।

    प्राकृतिक श्रोत द्धन्द्ध व्यवस्थापन केन्द्र नेपालका अध्यक्ष रामेश्वर बोहराले केन्द्रले स्थानीय तहलाई सहयोग गरिरहेको बताउँदैं स्थानीय तहले पनि द्धन्द्ध व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । स्थानीय तहले विवाद लुकाउने गरेको र त्यसले गर्दा झन् विवाद झन् जटिलता तर्फ जाने भन्दै विवाद लुकाउनमा भन्दा त्यसको समाधानमा केन्द्रीत बन्नपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा केन्द्रका मध्य क्षेत्र संयोजक रिता मानन्धरले केन्द्रको गतिविधि प्रस्तुत गर्दै केन्द्रले बहुसरोकारवाला जल, जमिन र जंगलसँग सम्बन्धीत द्धन्द्ध रुपान्तरण, मेलमिलाप अभियान र स्थानीय स्तरका अन्तरसम्बन्ध भएका घटनामा सहजीकरण गरिरहेको जानकारी गराइन ।

    केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत दिपकराज भट्टले केन्द्र दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ शान्तिपूर्ण र सु–संस्कृत समाज निर्माणमा क्रियाशिल रहेको बताए ।

    कार्यक्रममा केन्द्रको माकुरा सहजकर्ता शैलेश श्रेष्ठले चाँगुनारायण नगरपालिका-८ स्थित पात्ले सामुदायिक बन र खानेपानी समिति बीचको विवाद व्यवस्थापन बारेको अनुभव सुनाए ।

    प्राकृतिक श्रोत द्धन्द्ध व्यवस्थापन केन्द्र नेपाल मेलमिलाप परिषदबाट मेलमिलाप सम्बन्धी ऐन २०६८ को दफा २७ (ग) बमोजिम मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गर्न र सोही ऐनको दफा २३ बमोजिम मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृती पाएको सस्था भएको बताइएको छ ।

    हालसम्म केन्द्रले ३ सय ६५ वटा बृहत खालका बहुसरोकारवाला द्धन्द्धहरु समाधान गरी समूदायमा शान्ति स्थापना गर्न टेवा पुर्याएको बैठकमा जानकारी गराइएको छ । भक्तपुरमा केन्द्रले ९ वटा ठूला विवाद समाधान गरेको र अहिले एउटा समाधानको चरणमा रहेको समेत केन्द्रकी कोषाध्यक्ष कमला पोखरेलले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...