News Portal

  • रहेनन् मध्यपुरका पुराना कम्युनिष्ट नेता श्रेष्ठ

    बाबुकाजी श्रेष्ठमध्यपुर थिमि, ‍१२ भदौ २०८१
    ५२९ पटक
    मध्यपुर थिमि, ‍१२ भदौ २०८१

    भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्ण बाग श्रेष्ठको निधन भएको छ । मध्यपुर थिमि निवासी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो ।

    उनी लामो समयदेखि सुगर प्रेसर लगायतका रोगले ग्रसित रहेका थिए भने दुई वर्ष यता प्यारालाइसिसका कारण हिडडुल गर्न समेत सक्दैनथे । बुधवार बिहान मध्यपुर अस्पतालमा उनको निधन भएको हो ।

    श्रेष्ठका ५ छोरा र ४ छोरी छन् ।

    कम्युनिष्ट पार्टीको सदस्य भए पश्चात मोटो मसाल हुँदै माओवादी भएका नेता कृष्ण बाग श्रेष्ठ शहिद बैकुण्ठहरी श्रेष्ठका समकालीन हुन् । उनले परिवर्तन, क्रान्ति र न्यायको पक्षमा सतिसाल झैँ उभिएका कम्युनिष्ट नेताको परिचय बनाएका छन् । मध्यपुर थिमिमा उनी क्रान्तिप्रिय नेताको रुपमा चिनिन्छन ।

    बुधवार बिहान दक्षिण बाराहीस्थित घाटमा उनको अन्त्येष्टि गरिएको छ । त्यस अघि उनलाई नेकपा (माओवादी केन्द्र)का तर्फबाट कम्युनिष्ट पार्टीको झण्डा ओडाएर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले अन्तिम सम्मान प्रदान गरेका थिए । उनलाई अन्तिम श्रद्धान्जली दिन माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ दिवाकर, डिपी ढकाल, जिल्ला अध्यक्ष सुनिल बासु र सचिव जीवन तज लगायतका नेताहरु दक्षिण बाराही पुगेका थिए ।

    माओवादी केन्द्रका नेताहरु मात्र होइन, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पवनमान श्रेष्ठ र जिल्ला अध्यक्ष श्री कृष्ण सुलु त्यसैगरी विप्लव नेतृत्वको नेकपाका नेता कुशल बोगटी लगायतका नेताहरु पनि श्रेष्ठलाई श्रद्धान्जली अर्पण गर्न उपस्थित थिए ।

    उनीहरुले नेता श्रेष्ठको निधनले कम्युनिष्ट आन्दोलनलाई अपूर्णनीय क्षती भएको भन्दै उनले देखाएको बाटोमा हिड्नु नै उनीप्रतिको सच्चा श्रद्धान्जली हुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...