News Portal

  • बनमालाको नेतृत्वमा अखिल क्रान्तिकारीको ३९ सदस्यीय भक्तपुर क्याम्पस समिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ २०८१
    ९९१ पटक
    भक्तपुर, १५ भदौ २०८१

    अनेरास्ववियु(क्रान्तिकारी)ले भक्तपुर बहुमुखी क्याम्पसमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न ९ औं सम्मेलनले सागर बनमालाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    बनमाला स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । सम्मेलनको बन्द सत्रले उनको नेतृत्वमा ३९ सदस्यीय क्याम्पस समिति निर्विरोध निर्वाचित गरेको विद्यार्थी नेता केशव घिमिरेले बताए । स्ववियु सहसचिव समेत रहेका नेता मास बहादुर लामाको प्यानल प्रस्ताव सम्मेलनले सर्वसम्मत स्वीकृत गरेको उनले जनाएका छन् ।

    समितिको वरिष्ठ उपाध्यक्षमा विरेन्द्र अधिकारी र उपाध्यक्षहरुमा रविना श्रेष्ठ र सूर्य तामांग रहेका छन् । त्यस्तै सचिवमा आकाश गजुरेल र सहसचिवमा दिक्षा खड्का, पेम्बा लामा र सावित्रा विक निर्वाचित भएका बताइएको छ । कार्यसमितिको कोषाध्यक्षमा भने दिलमाया योञ्जन निर्वाचित भएकी छन् ।

    सम्मेलनको उद्घाटन सत्र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्यता र अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल एवं पार्टीका जिल्ला संयोजक सुनिल बासुको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सो अवसरमा भक्तपुर नगर अध्यक्ष राकेश सुवाल,  अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बालकुमार केसी, नरेन्द्र ऐडी, रमेश खड्का, उपत्यका सचिव समिर पाण्डे, केन्द्रीय सदस्य प्रकास केसी, मास बहादुर लामा, जिल्ला अध्यक्ष प्रदीप तज, लगायतको आतिथ्यता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...