News Portal

  • के हो हेपाटाइटिस

    डा विवेक शर्माभक्तपुर, १५ भदौ २०८१
    ३७१ पटक
    भक्तपुर, १५ भदौ २०८१

    हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ।

    हेपाटाइटिस भाइरस मुख्य ५ प्रकारका हुन्छन । ए, बी, सी, डी र ई ।

    रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरस हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँड्न सकिन्छ। हेपाटाइटिस ‘ए’र ‘ई’पानी र दुषित खानाबाट सर्छ । जुन विकसित भन्दा अविकसित मुलुकमा धेरैमात्रामा हुन्छ । हेपाटाइटिस ‘ए’र ‘ई’को क्षणिक असर हुन्छ। हेपाटाइटिस ‘बी’र ’सी’रगत र रगतको अन्य माध्यम तथा असुरक्षित यौन सम्पर्कबाट सर्छ ।

    हेपाटाइटिस ‘बी’र ’सी’ ले दिर्घकालिन कलेजोको रोग, कलेजोको क्यान्सर पनि गराउन सक्छ। हेपाटाइटिस ’ए’र ‘ई’ भएको छ भने सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ।त्यसको एक हप्तापछि कमलपित्त(जन्डिस) हुने, पिसाब पहेंलो हुने, आँखा पहेंलो हुने हुन्छ भने जिउचिलाउने पनि हुन्छ ।

    बालबालिका तथा गर्भवती महिलाहरुमा समेत यो देखिन सक्छ । यो आफै निको हुँदैजान्छ ।हेपाटाइटिस ‘बी’ र ‘सी’ मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन । जण्डिस हुँदै गएपछि जिउ गल्ने र कलेजो बिग्रन समेतसक्छ । दिर्घकालिन कलेजो रोगमा पेटमा पानी, रगतबान्ता, बेहोसहुने आदी हुन्छ। केहि बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्ने हुन्छ ।

    दीर्घकालिन हेपाटाइटिस ‘बी’निर्मुल हुदैन तर, औषधिको सेवनले नियन्त्रणमा राख्न सकिन्छ ।त्यस्तै, दीर्घकालिन हेपाटाइटिस ‘सी’ औषधिको प्रयोग गरेर निर्मुल गर्न सकिन्छ ।

    हेपाटाइटिस भएका बिरामीलाई स्वस्थ खाना,स्वच्छ, पौष्टिक,सन्तुलित आहारबिहार गर्नुपर्दछ।कुनैपनि खानेकुरा बार्नु जरुरी पर्दैन तर धेरै भुटेको, तारेको, मद्यपान, धुम्रपान गर्नु हुदैन ।बिज्ञ चिकित्सकको परामर्श बिना औषधि सेवन पनि गर्न हुदैन।

    हेपाटाइटिस बाट हरेक वर्ष विश्वभर १५ लाखभन्दा बढी मानिसको मृत्यु हुनेगरेको छ ।सन् २०३० सम्ममा हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

    हेपाटाइटिस ए र बि खोपबाट नियन्त्रण गर्न सकिन्छ । स्थानीय निकाय, सरोकारवाला, प्रतिनिधि, तथा सरकारको बिचमा आवस्यक समन्वय तथा समुदायस्तरमा हेपाटाइटिस रोगको सचेतना, पहिचान र भ्याक्सिन उपलब्ध गराउन सकिएको खण्डमा संक्रमण रोक्न मद्दत पुग्नेछ ।साथै, संक्रमण फैलननदिन कन्ट्रयाक ट्रेसिङको माध्यमबाट संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकिएमा थप प्रभावकारी हुनेछ।

    सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्तपरीक्षण गरी खोप लगाउनु जरुरी छ । जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्कोतर्फ हेपाटाइटिस ए र इ को महामारीबाट बच्न सबै घरघरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी, राम्रो र शुद्ध खानेपानीको व्यवस्था गर्न जरुरी देखिन्छ।

    (डा शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका सिनियर कन्सल्टेन्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुन् ।)

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...