News Portal

  • आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ भदौ २०८१
    ६३२ पटक
    भक्तपुर, २३ भदौ २०८१

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र बनाउने कार्यमा संलग्नहरुले आइतबार यसलाई उत्सवकै रुपमा मनाइरहेका छन् ।

    भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेकी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले साक्षरताबिना शिक्षा र शिक्षाबिना बिकास असम्भव हुने बताइन् ।  उनले आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पार्दै त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा जोड दिइन । सरकार एक्लैको प्रयासले निरक्षरता उन्मुलन नहुने भन्दै उनले सबै सरोकारवालाको सहभागितामा सरकारले काम गर्ने बताइन् । उनले अंक र अक्षरमा मात्र साक्षरता सीमित नभएको भन्दै साक्षरताका सूचक परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याएकी छन् ।

    सो अवसरमा केन्द्र परिसरमा  बृक्षारोपण गरिनुका साथै साक्षरता कार्यक्रममा योगदान गरेकाहरुलाई पुरस्कार र सम्मान समेत प्रदान गरिएको छ । कार्यक्रममा शिक्षा सचिव डा दिपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारी, उपमहानिर्देशकहरु बसन्त कोइराला र महेन्द्र पराजुली, युनेस्कोका प्रतिनिधि, सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको केन्द्रका सूचना अधिकारी सुरेशराज जोशीले जानकारी दिए ।

    युनेस्कोको पहलमा सन् १९६७ देखि हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरिएको हो । यस वर्ष ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता’ भन्ने नारा सहित यो दिवस मनाइदै छ ।

    २०७७ सालमा नै साक्षर नेपाल घोषणा गर्नेगरी सरकारले अभियान र कार्यक्रम सञ्चालन गरिसकेको भएपनि देशभर अझै ६९ लाख ४७ हजार ८ सय १० जना निरक्षर रहेको सरकारी तथ्यांकले नै देखाएको छ ।

    पछिल्लो समय साक्षर बन्न अक्षर चिन्ने भएर मात्र नहुने हुँदा निरक्षरता देखिएको केन्द्रका अनौपचारिक तथा बैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकाल बताउँछन । साक्षरताका लागि विभिन्न १२ सूचक तोकिएका उनले बताए । मोबाइल, क्याल्कुटेर, घडी, पात्रो ट्राफिक संकेत, चेक लगायत प्रयोग गर्न नसक्ने ब्यक्तिलाई अक्षर चिनेपनि साक्षर नमानिने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...