News Portal

  • मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    भक्तपुर पोष्ट संवाददाता सानोठिमी, २८ भदौ २०८१
    १००९ पटक
    सानोठिमी, २८ भदौ २०८१

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ती जारी गरी बिरोध जनाएको हो ।

    संगठनका कार्यवाहक अध्यक्ष मेनुका घिमिरे र महासचिव शिवानन्द मिश्रले जारी गरेको बिज्ञप्तीमा सीटीईभीटीको अध्यक्ष समेत रहेकी मन्त्री भट्टराईले कर्मचारीलाई लान्छना लगाउनु लज्जास्पद भएको भनिएको छ । मन्त्री भट्टराईले आफू नै अध्यक्ष रहेको र आफ्नै मातहत रहेको संस्थाको बेइज्जत गर्नेगरी सामाजिक संजालमा अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।

    सीटीईभीटीका पदाधिकारी र कर्मचारीले आर्थिक चलखेल गरेका भए वा, सो सम्बन्धी सूचना प्राप्त गरेको भए सोझै कारवाही गर्नसक्ने सामर्थ्य मन्त्रीमा रहेको भएपनि सामाजिक संजालमा भ्रामक अभिव्यक्ति दिएर मन्त्रीले संस्था र आफ्नै पनि गरिमा गिराएको संगठनको आरोप छ ।

    अपारदर्शी ढंगबाट दर्ता क्रम संख्या मिचेर दिएको निजी शैक्षिक संस्थाको मनसाय पत्रलाई स्वीकृत गरी सदर गर्ने र मन्त्रीको हैसियतले ती शैक्षिक संस्थालाई सम्बन्धन प्रदान पनि गर्ने मन्त्री भट्टराईलाई सामाजिक संजालमा स्टन्टबाजी नगर्न संगठनले सुझाव दिएको छ । साथै, संगठनले सो बैठकमा हस्ताक्षर गर्ने सबैको सम्पत्ती छानविन गर्न समेत माग गरेको छ ।

    शुक्रवार मन्त्री भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सीटीईभीटी संग सम्बन्धित सम्बन्धन, परीक्षा, प्रमाणपत्र लगायतका काममा कार्यालय प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाई गरेको र आर्थिक लेनदेन समेत गरेको गुनासो प्राप्त भएको भनेकी छन् । साथै, सो विषयमा स-प्रमाण जानकारी गराउन पनि उनले आग्रह गरेकी छन् ।

    अनुसन्धान र कारवाहीको अधिकार प्राप्त मन्त्रीले सामाजिक संजालमा स्टन्टबाजी गर्दा कर्मचारीको मनोबल र परिषदको गरिमा गिरेको कर्मचारी संगठनले ठहर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...