News Portal

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० भदौ २०८१
    ३९९ पटक
    भक्तपुर, ३० भदौ २०८१

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार थिमि ब्याङ्क्वेटमा सो भेला सम्पन्न भएको हो ।

    चौथो जिल्ला परिषद भेलाले जगन्नाथ डुम्रेको संयोजकत्वमा ४५ सदस्यीय समिति निर्वाचित गरेको छ । संयोजक डुम्रे भक्तपुरको तेखापुखुस्थित मेधा माविका अंग्रेजी शिक्षक हुन् । उनी संगठनका अध्यक्ष पनि हुन् । २८ माघ २०७९ मा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट उनको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको थियो ।

    भेलालाई सम्बोधन गर्दै मध्यपुर थिमीका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले शिक्षा नै बिकासको मेरुदण्ड भएको भन्दै शिक्षकलाई उत्प्रेरित गरेर शिक्षामा उपलब्धी बढाउनुपर्ने बताए । मध्यपुर थिमि नगरपालिकामा सामुदायिक विद्यालयको स्तरउन्नती गर्दै गएको बताउँदै उनले बालबालिकालाई विद्यालयमा भर्नासंगै सिकाउने र टिकाउने विषयमा केन्द्रीत रही विद्यालय सुधारका काम भैरहेको जानकारी दिए । नगरपालिकाले दिवा खाजा व्यवस्थित बनाउने देखि शौचालय, खेलकुद र भौतिक पूर्वाधारको पर्याप्ततामा जोड दिएको उनको दावी छ । शिक्षकहरु जानकार भएर मात्र नहुने र समय संगै अपडेट हुनुपर्ने आवश्यकता औल्याउदै उनले सिकाइ सैली विद्यार्थी मैत्री बनाउन र प्रविधिको प्रयोग गर्न सुझाव दिए ।

    त्यसैगरी नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल गोठे बासुले अन्य शिक्षक संगठनका सदस्य भन्दा अब्बल बन्न र विद्यार्थीलाई आफ्नै सन्तान लाई झैँ स्नेही एवं गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहित गरे । राज्यको सचेत वर्गको रुपमा हरेक परिवर्तन ल्याउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै उनले अब शिक्षकहरु समाजवादी बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

    भेलामा प्रमुख अतिथि रहेका संगठनका केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश इन्जार्ज झम्क प्रसाद चौलागाईंले पेशागत हकहितका लागि संगठनले गरेको योगदानबारे चर्चा गर्दै शैक्षिक आन्दोलनमा आफ्नो संगठन सदैव अग्र मोर्चामा रहेको उल्लेख गरे । उनले विद्यालयको स्तर उन्नती र शिक्षाको गुणस्तर वृद्धिको लागि कुनै कसर बाँकी नराख्ने बताउदै तीनै तहका सरकारलाई शिक्षा र शिक्षकका समस्याबारे ध्यानाकर्षण गरिएको र रचनात्मक सहयोग पुर्याइरहेको प्रष्ट पारे ।

    अध्यक्ष जगन्नाथ डुम्रेको अध्यक्षतामा सम्पन्न भेलाको संचालन रत्न सुनुवारले गरेका थिए । सो अवसरमा संगठनका केन्द्रीय सदस्य लिला तामाङ्ग, प्रदेशका बद्री नेपाल, बाबुराम घिमिरे, जुना भुजेल, नयन्द्र राइ र विद्यालय व्यवस्थान समितिका सदस्य मदन खत्री लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...