News Portal

  • नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ असोज २०८१
    ६४७ पटक
    भक्तपुर, २ असोज २०८१

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको सामाजिक विकास कार्यालयले नि:शुल्क सीपमुलक तालीम दिने भएको हो ।

    उपत्यकामा ३ जिल्ला हेर्ने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख नवराज नेपालले भक्तपुर, ललितपुर र काठमाडौंमा छुट्टाछुट्टै विषयका तालीम संचालन हुने जानकारी गराएका छन् । भक्तपुरको मध्यपुर थिमि-४ स्थित बालप्रेमी माविमा केश शृंगार तथा सौन्दर्य कलासम्बन्धी तालीम संचालन हुने उनले जानकारी दिए । त्यस्तै, काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविमा सिलाई कटाईसम्बन्धी तालीम संचालन र ललितपुरको गोदावरी-९ छम्पीस्थित वडा कार्यालयमा बेत/बाँसको हस्तकला सम्बन्धी तालीम संचालन हुने कार्यालय प्रमुख नेपालको भनाइ छ ।

    ” १६ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई यी तालीम नि:शुल्क उपलब्ध गराइन्छ ।” उनले भने । तालीममा सहभागीलाई खाजा खर्च पनि दिईने उनले जनकारी दिएका छन् । तालीमका लागि बिपन्न,पछाडि परेका वर्ग/समुदाय, शहिद परिवार, घाइते, अपाङ्गता भएका र एकल महिलालाई प्राथमिकता दिइने बताइएको छ ।

    तालीम लिन इच्छुक व्यक्तिले असोज ११ गते भित्र दरखास्त दिनुपर्ने व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यालय वा सम्बन्धीत तालीम केन्द्रमा दरखास्त लिने र बुझाउने व्यवस्था गरिएको उनले बताए । आवेदकको अन्तर्वार्ताबाट प्रशिक्षार्थी छनौट गरिने कार्यालय प्रमुख नवराज नेपालले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...