News Portal

  • सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असोज २०८१
    २८९ पटक
    भक्तपुर, ३ असोज २०८१

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल बिताएका उनको सडक सुधार आयोजना काठमाडौंमा सरुवा भएको हो ।

    मिजासिला स्वभावका डिभिजन प्रमुख मरासिनी मातहतका कर्मचारीका प्रिय थिए । उनको कार्यकालमा सडक डिभिजन भक्तपुरले ९७ प्रतिसत सम्म कार्य प्रगती हासिल गरेको थियो । सडक डिभिजन भक्तपुरले भक्तपुर र काभ्रेका सडक र पूल निर्माण तथा मर्मतसम्हारको कार्य गर्दै आएको छ ।

    मरासिनीको ठाउँमा सडक सि.डि.ई. सुमन योगेस सडक डिभिजन भक्तपुरको कार्यालय प्रमुख भएका छन् । उनी कान्ति लोकमार्ग सडक योजना कार्यालय ललितपुरबाट सरुवा भई भक्तपुर आएका हुन् । यस अघि पनि योगेश सडक डिभिजन भक्तपुरको प्रमुख भएका थिए ।

    एक कार्यक्रमका बीच बुधवार कर्मचारीहरुले मरासिनीको बिदाई एवं सुमन योगेसलाई स्वागत गरेका  छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...